चितवन । चितवनका सम्पूर्ण विषय, वर्ग र स्तरका उद्योगहरूको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको २०८२ भाद्र १३ र १४ गते एक विशेष समारोहका बीच ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन कार्यक्रम हुने भएको छ । साधारणसभालाई वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
यसअघि चितवन उद्योग संघ अन्तर्गत रहेका सम्पूर्ण पालिका समितिहरु, महिला तथा युवा उद्यमी मञ्चको वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति समेत चयन भईसकेको हुँदा पालिका समितिका अध्यक्ष र महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु स्वतः पदेन सदस्यको रुपमा चयन भईसकेका छन् ।
चितवन उद्योग संघको विधानको व्यवस्था बमोजिम बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष रहने व्यवस्था बमोजिम संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघको १८ औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी लिदै हुनुहुन्छ ।
३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन अन्तर्गत भाद्र १३ गते, शुक्रबार, विहान १० देखि निर्वाचन प्रक्रिया सम्बन्धि कार्य, भाद्र १४ गते, शनिबार, बिहान ८ बजेदेखि बन्द सत्र शुरु हुनेछ भने कार्यक्रमको उद्घाटन दिउँसो २ बजे हुने गरी तय गरिएको चितवन उद्योग संघको सचिवालयले जनाएको छ ।
अधिवेशनले १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, ६ उपाध्यक्ष, १ कार्यकारी निर्देशक, पालिका अध्यक्षहरुबाट ६ जना, महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु २ जना र १४ कार्यसमिति सहित ३१ जनाको नयाँ कार्यसमिति समिति समेत गठन गर्दैछ ।