चितवन । शैक्षिक परामर्श संस्था इम्पेरियो एजुकेसन सर्भिसेजले नारायणगढको लायन्सचोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्धघाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले गरे । उद्धघाटनपछि बोल्दै श्रेष्ठले शैक्षिक परामर्श संस्थाहरु विद्यार्थीहरुलाई सही परामर्श दिएर पढ्न पठाउनुको साथै पुनः नेपालमै आएर सेवा दिनुपर्नेमा जोड दिए । कतिपय शैक्षिक परामर्श संस्थाका कारणले विद्यार्थीहरुको फि रकम फिर्ता हुन ढिलाई भएको भन्दै उनले पहिलेनै सही कलेज तथा युनिभर्सिटी छानेर विद्यार्थीलाई पठाउन आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी निर्देशक सुवास केसीले विगत पांँचबर्षदेखि संस्थाले सेवा दिदै आएको बताउंँदै चितवनमा पनि शाखा सञ्चालनमा ल्याएको बताए । आफूपनि विदेश अध्ययन गरेर आएको जानकारी दिदै सही परामर्शदता संँग उचित परामर्श लिएर मात्र विद्यार्थीलाई प्रोसेस गर्न आग्रह गरे । शिक्षा ,सही परामर्श , उज्ज्वल भविष्य भन्ने मुल लक्ष्यका साथ संस्था अघि बढ्दै आएको बताए । चितवन लगायत अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गर्दै जाने उनको भनाई छ ।
संस्थाले युके, अमेरिका , अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, जापान, माल्टा जर्मनी लायतका देशहरुमा अध्ययन लागि परामर्श दिदै आएको छ । उद्धघाटन कार्यक्रममा शाखा प्रमुख अञ्जन दवाडी, संस्थाका विभागीय प्रमुख अभिषेक अधिकारी , रामप्रसाद पौडेल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । संस्थाले काठमाडौं र बुटवल शाखाहरु बाट पनि परामर्श दिदैं आईरहेको छ ।