चितवन । ओमोडा एण्ड जेइकु गाडीहरूको नारायणघाटस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्न को प्रतिनिधित्वमा ओमोदा एण्ड जेइकूले चितवन मिड–टाउन रिसोर्ट, हाकिमचोक, भरतपुरमा फेस्टिभ कार्निभल आयोजना गरेको छ ।
कार्निभलको यो चाडपर्वको अवसरमा ५ र ६ सेप्टेम्बर मा ओमोडा एण्ड जेइकू गाडीहरूको टेस्ट ड्राइभ, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको कम्पनीले जनाएको छ । जसले चाडपर्वको उत्साहलाई थप विशेष बनाएको छ । सो अवसरमा नयाँ जेइकू जे५ र आईकाउर भी२३ को स्निक पिक पनि गरिएको छ ।
नेपाली बजारमा प्रवेश गरेको करिब एक वर्षमै ओमोडा एण्ड जेइकू नेपालमा सबैभन्दा छिटो बढ्दै गरेको ब्रान्डमध्ये एक बनेको छ । अत्याधुनिक प्रविधि र सुरक्षा सुविधासहित उत्कृष्ट मूल्यमा उपलब्ध गराउँदै आएको यस ब्रान्डका ओमोडा इ५ र जेइकू जे६ पहिले नै नेपाली सडकमा देखिन थालिसकेका छन् र अटोमोबाइल प्रेमीहरूमा लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ । हालै सम्पन्न नाइमा अटोमोबीलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिएको नयाँ जेइकू जे५ ले १८५ मिमि ग्राउण्ड क्लियरेन्स, सेग्मेन्ट लिडिङ प्यानोरामिक सनरुफ, १८ इन्चको अलोय स्पेयर टायर, ४६१ किमी ड्राइभिङ रेन्ज तथा ४८० लिटर बुट स्पेस जस्ता विशेषताहरू प्रदान गर्दछ ।
यसको अधिकतम बिक्री मुल्य ६०.९९ लाख भए पनि यस चाडपर्वमा विशेष अफरमा . ५६.९९ लाख मा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, नयाँ आईकाउर भी२३ ले २१० मिमि ग्राउण्ड क्लियरेन्स, ४०२ किमी ड्राइभिङ रेन्ज, १००–पध् सिङ्गल मोटर आरडब्लुडी सेटअप, १८० ल्m टर्क प्रदान गर्दछ । रेट्रो अफ–रोड डिएनए र आधुनिक इलेक्ट्रिफिकेशनको अनौठो संयोजनमार्फत भी२३ ले एसयुभी डिजाइनमा नयाँ पहिचान ल्याउने विश्वास लिएको छ ।
“नारायणघाट हाम्रो लागि महत्वपूर्ण बजार हो । नयाँ जेइकू जे५ को अनावरणसँगै हामी ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव दिने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गरेका छौं,“ युनाइटेड अटो कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशकले भने ।