चितवन । वा: पुच: नारायणगढले आज इन्द्रजात्राको अवसर पारेर भव्य रुपमा लाखे जात्रा मनाएको छ। पासा: पुच: नारायणगढको सहयोगमा निकालिएको उक्त लाखे जात्रा संस्थाको भवन मैयादेवी मार्ग कमलनगरबाट सुरु भई बजार परिक्रमा गरी गौरीश्वर मन्दिर मा गएर विसर्जन गरिएको थियो।
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा,
देवपत्तन आदि ठाउँमा देखाइन्छ ।
ललितपुरको खोकनामा द्योपुखु जात्राको अवसरमा निकालिएको लाखे नृत्य
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । नेवारी कला संस्कृति जात्रा लाई संरक्षण र प्रवर्धन गर्ने संस्थाको उद्देश्य अनुरूप लाखे जात्रा बनाइएको जात्राका संयोजक शेखर कुमार श्रेष्ठले बताए ।