चितवन । चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन भएका छ्न् ।
नवनिर्वाचित कार्यसमितिले आजै पद तथा गोपनियताको शपथ पनि लिएका छन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले नयाँ कार्यसमितिलाई सफलताको कामना गरे ।
उनले खेलकुदलाई राजनीति भन्दा टाढा राख्न सबै संघ संस्थाहरुलाई अनुरोध पनि गरे । यस्तै उनले जिल्लाका खेलसँग सम्बन्धित सबै संघ संस्थाहरुलाई जिल्ला खेलकुदसँग समन्वय गरेर अघि बढ्न आग्रह गरे । उनले संघ पनि सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।