चितवन । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टको सभाहलमा शुक्रबार दिउँसो दशैं शुभकामना आदानप्रदान सम्पन्न गरिएको छ । सो अवसरमा नियुक्तिपत्र वितरण तथा बिदाइ कार्यक्रम समेत गरिएको थियो ।
प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा, अध्यक्ष नारायण भण्डारी प्रमुख अतिथि र प्रा. डा. बसन्त अधिकारी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा विभागीय प्रमुख, संयोजक तथा वरिष्ठ कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उप–प्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो।
स्वागत मन्तव्य कलेजका बीई कार्यक्रम संयोजक भीम भण्डारीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरूले आ–आफ्ना दशैं शुभकामना मन्तव्य राख्दै यस पर्वलाई केवल चाड–पर्व मात्र नभई सत्य, धर्म र सदाचारको विजयका रूपमा आत्मसात् गर्नुपर्ने सन्देश दिनुभयो। मन्तव्य दिने महानुभावहरूमा +२ म्यानेजमेन्ट विभागीय प्रमुख हरि प्रसाद थपलिया, अक्सफोर्ड सेकेन्डरी स्कुल देवीलाल जोशी, बिसिए विभागीय प्रमुख सुशान्त तिवारी, बिआइएम विभागीय प्रमुख केष्मा पौडेल, इन्जिनियरिङ्गतर्फ ए.एन. भण्डारी, द्यद्यब्÷द्यऋब् तर्फ नवराज गौतम, +२ तर्फ लक्ष्मी बराल र कर्मचारी प्रतिनिधि तिलक मल्ल हुनुहुन्थ्यो ।
यस अवसरमा प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले कलेजका नवनियुक्त प्राध्यापक तथा कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गर्नुभएको थियो। नियुक्ति पत्र प्राप्त गर्नेहरूमा द्यज्ः विभाग प्रमुख केष्मा पौडेल,इसिए प्रमुख बिकाश श्रेष्ठ, ज्ः ल्याब इन्चार्ज चन्द्रबहादुर न्यौपाने तथा केमिस्ट्री ल्याब असिस्टेन्ट हिरादेवी खतिवडा हुनुहुन्थ्यो ।
कार्यक्रमको विशेष खण्डमा बिबिए विभागका सहायक विभागीय प्रमुख आकाश घिमिरेलाई उच्च अध्ययनका लागि अस्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको अवसरमा बिदाइ गरिएको थियो। प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले फूलमाला र खादा लगाएर उहाँलाई सफल शैक्षिक यात्राको शुभकामना दिनुभयो, र घिमिरेज्यूका सहकर्मी तथा विभाग प्रमुखहरूले उहाँले कलेजमा पु¥याउनुभएको योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै भावनात्मक मन्तव्य राख्नुभयो।समारोहमा उप–प्राचार्य कृष्णहरि पौडेलले धार्मिक नीति–कथा प्रस्तुत गर्दै दशैंलाई सत्य, धर्म, धैर्य र आत्मसंयमको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले आत्म–सुधार र समाजसेवाको महत्वमाथि प्रकाश पार्दै कार्यक्रमलाई अझ अर्थपूर्ण र सशक्त बनाउनुभयो।
समापन मन्तव्यमा प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले सबैलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षक, विद्यार्थी र कर्मचारीलाई सत्य, सदाचार र आत्मीयताको बाटोमा अघि बढ्न प्रेरित गर्दै भन्नुभयो –“सत्यको सधैं विजय हुन्छ, त्यसैले हामी सबैले सत्यबाट कहिल्यै टाढा हुन हुँदैन; शिक्षकहरूको काम पढाउनु मात्र होइन, निरन्तर अध्ययनशील रहनु पनि हो, र विद्यार्थीलाई बुझाउन सक्ने क्षमता नै शिक्षकको वास्तविक सफलता हो।”कार्यक्रमले कलेजभित्र आपसी सद्भाव, सहकार्य र शैक्षिक प्रतिबद्धतालाई अझ बलियो बनाएको आयोजकको भनाई छ ।