चितवन । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रालिले चितवनमा पनि सञ्जाल विस्तार गरेको छ । नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले बिहिबार भरतपुर १२ स्थित मिलनचोकमा आफ्नो नयाँ शोरूम (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) औपचारिक रूपमा उद्घाटन गरेको हो । उद्धघाटन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, विशेष अतिथिमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे , उद्योगीहरुको सहभागिता रहेको थियो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले प्रोटोन जस्ता इभी गाडीको शोरुमले देशमा इन्धन आयात कम हुनुका साथै ग्राहकलाई समेत खर्च मितव्यतता हुने बताए । चितवनमा यस्ता व्यवसायको स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिंँदै यस कम्पनीको गाडीले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।
उद्योगसंघ चितवनका अध्यक्ष मदन घिमिरेले देशको यो आर्थिक अवस्थामा यस्ता गाडीको शोरुम सञ्चालन गर्नु चुनौति रहेको बताए । चितवन हरेक क्षेत्रको सम्भावना रहेको भन्दै घिमिरेले यस कम्पनीले पनि छिट्टैनै उचाई लिने बताए ।
‘यो शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं ।’ जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने ।
यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
कार्यक्रममा प्रोटोन ईमास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो । इमास ७ प्रिमियमको मूल्य ६७ लाख ९९ हजार र इमास ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
भरतपुर शाखा थपिएसँगै प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पुरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।
नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पाट्र्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।









