काठमाडौं । अन्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त धार्मिक कथा वाचक देवी प्रतिभा अमेरिका जाने भएकी छन् ।नयाँ वर्षसँगै हुने अमेरिका कथा वाचन यात्रा २०२६” मा उनी सहभागी हुन जान लागेकी हुन ।
यो यात्रा मार्चदेखि जुलाई २०२६ सम्म अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना गरिदैछ ।ओएल डन क्रिएसनले आयोजना गर्ने यस धार्मिक यात्रामा उनले कथा वाचन, भगवद् गीता प्रवचन, भजन संध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्णको उपदेश र धर्मको गहिरो सन्देश अमेरिकी भूमिमा फैलाउने विश्वास छ ।अमेरिका यात्राको निमन्त्रणा प्राप्त भएपछि देवी प्रतिभाले भनेकी छन्, “कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छ ।म अमेरिकामा रहेका नेपाली इंडियन आमा,बुवा दाजुभाइ दिदीबहिनीहरूसँग कथा वाचन,भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु ।” उनको सम्पुर्ण भिषा प्रक्रिया पूरा भईसकेको छ भने उनी पि थ्रि भिषामा जाँने बताईएको छ ।
अमेरिकामा हुने मुख्य कार्यक्रमहरू
भगवद् गीता प्रवचन — श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन
कथा वाचन — राधा कृष्णको आध्यात्मिक संवाद
भजन, पूजापाठ र आरती — भक्ति र आत्माको मेल
सांस्कृतिक समुदाय भेटघाट — नेपाली धर्म, संस्कार र एकताको उत्सव
देवी प्रतिभाले पछिल्ला वर्षहरूमा नेपाल, भारत, लगायतका देशहरूमा प्रभावशाली कथा–प्रवचन प्रस्तुत गर्दै हजारौं भक्तजनका हृदय छोएकी छन्। उनको कथा–बाचन शैली आध्यात्मिक गहिराइ, प्रेम, र दर्शनले भरिपूर्ण हुन्छ ।
अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलवेनिया, एक्रोन, कोलोराडो बोस्टन, मेरिल्यान्ड, भर्जिनिया, न्युयोर्क, टेक्सास, क्यालिफोर्निया,यूटा, नर्थ कैरोलिना, इलिनोईस लगायतका राज्यहरूमा कथा प्रवचन गर्ने प्रारम्भिक योजना रहेको बताइएको छ ।
यस यात्राको आयोजक वेलडन क्रियसनले गर्दैछ । आयोजकले आवश्यक समन्वयका लागि आधिकारिक सम्र्पक सञ्जाल साझा गरेको छ ।
देवी प्रतिभाको अमेरिका कथा वाचन यात्रा २०२६ लाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको छ ।यस यात्राबाट अमेरिकामा रहेका नेपालीहरू र भारतीयहरूले आफ्नो संस्कार, भक्ति र अनुभव गर्ने अपेक्षा गरिएको छ ।









