चितवन । नारायणगढ जेसीज र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच भएको मैत्रीपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ ।
जेसीज सप्ताहको दोस्रो दिन सोमबार विहान क्यासी स्पोर्टस् बाह्रघरेमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । नारायणगढ जेसीजले आइतबारदेखि ‘जेसीज सप्ताह–२०२५) सुरु गरेको हो । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम अन्तरगत वर्षेनी पत्रकार र जेसीजबीच मैत्रीपूर्ण खेल हुँदै आइरहेको छ । जेसीज सप्ताहका मुल संयोजक सन्तोष पण्डितले विगतको सहकार्यलाई निरन्तरता दिँदै मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले निरन्तर पत्रकार महासंघलाई सम्झिदै आएकोमा जेसीजलाई धन्यवाद दिए ।
उनले आगामि दिनमा पनि यसरी नै सहकार्य हुनेमा विश्वास व्यक्त गरे । नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष गोपाल भट्टराई, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, कार्यक्रम संयोजक विमिशमान शाक्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कपिल श्रेष्ठले संचालन गरेका थिए ।
नारायणगढ जेसीजको सप्ताह उद्घाटनको अवसरमा स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको थियो । जेसीज सप्ताह अन्तरगत भोलि (मंगलबार) जेसीज सचिवालयमा भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । उक्त दिनको कार्यक्रम संयोजक जेसी अस्वीन पौडेल रहेका छन् ।
बुधबार इच्छाकामनाको कुरिनटारमा नारायणगढ जेसीजको सहयोगमा निर्मित जेसीज गाउँमा आवस्यक शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक संजीव पौडेल रहेका छन् ।
कार्तिक २७ गते चितवन उद्योग वाणिज्य संघमा भरतपुरका व्यवसायीहरुलाई केन्द्रित गरेर, नेपाली युवा उद्यमी मञ्च, युवा उद्धअमी मञ्च एवम नारायणगढ़ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरु बीच बीजनेश संवाद कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक अविनाश खनाल रहेका छन् । कार्तिक २८ गते सामुदायिक प्रहरी केन्द्र, भरतपुर–३ मा आम सर्वसाधारणलाई पोषण सम्बन्धित जनचेतना दिने उद्देश्यले पोषण विज्ञसँग अन्तक्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको संयोजक जेसी सुशील सापकोटा रहेका छन् । कार्तिक २९ गते बिहान ८ बजे देवघाट–५ मा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा संचालन गरिएको वृद्ध आश्रममा भोजन ग्रहण गराउने कार्यक्रम रहेको छ भने, दिउँसो ४ बजे सचिवलयमा पुरस्कार वितरण तथा जेसीज सप्ताहको समापन कार्यक्रम आयोजन गरिने छ । अन्तिम दिनको कार्यक्रम संयोजक विपिन कंडेल रहेका छन् ।









