चितवन । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
महोत्सवस्थलमा सम्पन्न तेक्वान्दोमा महिलातर्फ ३९ देखि ४२ केजी तौल समूहमा न्यु कुमरोजकी नविना तामाङले स्वर्ण जितेकी छन् । यस्तै बाह्रघरेकी रश्मीका गुरुङले रजत पदक जितेकी छन् भने सुदिविकी रेखा सुनार र मोर्डनकी दिव्या राईले कास्य जितेका छन् ।
महिला ४६ केजी मुनी दिव्यनगरकी सोनम महतोले स्वर्ण तथा पटिहानीकी अपेक्षा विकले रजत जितेका छन् । यस्तै कुमरोजकी आरोषी गिरी र न्यु कुमरोजकी कृष्टिना अधिकारीले कास्य जितेका छन् । ४९ केजी मुनी न्यु कुमरोजकी आयुष्मा महतोले स्वर्ण जित्दा खैरहनीकी तृसना नेपालले रजत तथा बाह्रघरेकी एलिसा मगर र ग्रीनल्याण्डकी प्रशंसा चौधरीले कास्य जितेका छन् ।
महिला ६८ केजी मुनी मंगलपुरकी प्रतिभा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । श्रीमालिकाकी स्मारिका महतोले रजत जित्दा बालकुमारीकी सुमी गुरुङ र भीमनगरकी सूचना परियारले कास्य पदक जितेका छन् ।
उता पुरुष ४० देखि ४५ केजीमा पिठुवाका कृष्ण विकले स्वर्ण पदक जितेका छन् भने न्यु कुमरोजका सफल बर्तौलाले रजत तथा कुमरोजका कपिल कुमाल र सौराहाका साँगे लामाले कास्य जितेका छन् । ४५ देखि ५० केजीमा खैरहनीका रोनक राउतले स्वर्ण पदक, सौराहाका कृष्ण चन्द्रले रजत तथा मोर्डनका समन सिलवाल र साकिर सिद्दिकीले कास्य जितेका छन् ।
५४ केजी मुनीमा गौतमवुद्धका रोजित अधिकारीले स्वर्ण, न्यु कुमरोजका समिर चौधरीले रजत तथा सिधुवाका मन्जित परियार र राप्तीका दिभांशु आचार्यले कास्य जितेका छन् । ५८ केजी मुनीमा खैरहनीका सौगात सुन्दासले स्वर्ण पदक जित्दा सौराहाका रोदन चौधरीले रजत तथा न्यु कुमरोजका आशिक मोक्तान र स्टार्सका सिद्दार्थ शाहीले कास्य जितेका छन् ।
६२ केही मुनी खैरहनीका आयुष हमालले स्वर्ण जितेका छन् भने छहारीका रोजन पन्तले रजत तथा न्यु कुमरोजका समिर नेपाली र ग्रीनल्याण्डका एलिस राना मगरले कास्य जितेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि नेपाल कराँते महासंघ बागमती प्रदेश तथा कराँते संघ चितवनका अध्यक्ष गगन लामा, सभापति चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । त्यस अघि कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले गरेका थिए ।









