चितवन । चितवनका सामुदायिक विद्यालयमा सिटीइभीटी बाट संचालन हुंँदै आएको प्राविधिक शिक्षा बन्द गरिएको भन्दै लोकतान्त्रिक विद्यार्थी संघ चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । संघका कार्यबहाक अध्यक्ष निश्चल पाठकद्धारा आज जारी गरिएको विज्ञप्तिमा उक्त कोर्स पूर्ण रुपमा बन्द भएका चितवनका १२ वटा विद्यालयलाई ७२ घण्टाभित्र खोल्न चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ,‘ सरकारी माध्यमिक विद्यालयहरूमा सिटीइभीटी अन्तर्गत सञ्चालन भएका कृषि, पशु स्वास्थ्य, इन्जिनियरिङ लगायतका प्राविधिक तथा व्यावसायिक कार्यक्रमहरू निरन्तर बन्द हुनु भनेको शिक्षा ध्वस्त भएको प्रमाण हो ।’
प्राविधिक शिक्षा संचालनमा रहेका आदिकवि भानु मा.वि., अमर मा.वि., बही मा.वि., भरतपुर मा.वि. र नारायणी नमुना मा.वि. मा प्रधानाध्यापकको कार्यकक्ष पूर्णरूपमा बन्द भएका बाँकी १२ वटा विद्यालयहरूमा प्रधानाध्यापकको कार्यकक्ष ्तथा सिटीइभीटी बाट सम्बन्धन भएका विद्यालयलमा अनिश्चितकालीन तालाबन्दी गरिने विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित सरोकारवालाले अनुगमन, व्यवस्थापन र भावी रणनीति दिन सकेमा र हाम्रो मागलाई बेवास्ता गरी अगाडि बढ्न खोजेमा यसबाट सिर्जित सम्पूर्ण समस्याको जिम्मेवारी स्वयं सम्बन्धित विद्यालय र सरोकारवाला पक्ष रहने समेत विज्ञप्ति मार्फत संघले चेतावनी दिइएको छ ।









