चितवन । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा एथ्लेटिक्सका खेलहरु सम्पन्न भएका छन् ।
महोत्सवस्थलमा सम्पन्न एथ्लेटिक्समा सटपुट पुरुषतर्फ ललित राउत प्रथम भएका छन् । यस्तै प्रविण परियारले रजत जितेका छन् भने सोनु विकले कास्य जितेका छन् । सटपुट महिलातर्फ अनिषा महतोले स्वर्ण जित्दा नितिशा महतोले रजत तथा सालु गुरुङले कास्य जितेकी छ्न् ।
उता लङ्गजम्प पुरुषतर्फ बिशाल गुरुङले स्वर्ण जितेका छन् । तिलोचन महतोले रजत पदक जित्दा सुदीप महतोले कास्य पदक जितेका छन् । लङ्गजम्प महिलातर्फ प्रनिशा महतोले स्वर्ण पदक जित्दा जेशिका महतोले रजत तथा मुस्कान चौधरीले कास्य जितेको महोत्सवका खेल संयोजक छवि तिमल्सिनाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु









