चितवन । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा सेपाकताक्रो खेल सुरु भएको छ ।
महोत्सवस्थलमा सुरु भएको प्रतियोगिताको मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडले उद्घाटन गरेकी थिईन् । प्रतियोगितामा ८ टोली सहभागी रहेको महोत्सवका खेल संयोजक छवि तिमल्सिनाले जानकारी दिए । जसमा पुरुषका ५ र महिलाका ३ टिम रहेका छन् ।
प्रतियोगिता आज र भोलि गरी दुई दिनसम्म चल्नेछ । महोत्सवमा यस अघि भलिवल, कराँते, तेक्वान्दो, एथ्लेटिक्सलगायतका खेलहरु सम्पन्न भइसकेका छन् । सेपाकताक्रोको उद्घाटन समारोह आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु









