चितवन । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्ने क्रियाशील संस्था क्वेस्ट नेपालअन्तर्गतको एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘दसौँ एसक्युसी हब कन्भेन्सन’ सम्पन्न भएको छ ।
शनिबार गैँडाकोट इङ्ग्लिस स्कुलमा आयोजना गरिएको सो कन्भेन्सनमा चितवन हबअन्तर्गतका आबद्ध १३ वटा विद्यालयमध्ये १० वटा विद्यालयका ९० जना विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरूको र एसक्युसी सहजकर्ताहरूको सहभागिता रहेको थियो भने एघारौँ हब कन्भेन्सन आयोजनका लागि उषा इङ्ग्लिस स्कुललाई ब्यानर हस्तान्तरण गरिएको थियो ।
छ जना जना विद्यार्थीले प्यानल डिस्कसनमा सहभागिता जनाएको उक्त कन्भेन्सनमा नौवटा एसक्युसी केस स्टडी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यानल इभेन्टअन्तर्गत कोलाबोरेटिभ स्टोरी फर्मेसन तथा कोलाबोरेटिभ कोलाज आर्टस, स्टोन पेन्टिङ तथा एङ्करिङ वर्कसपको समेत आयोजना गरिएको चितवन ‘हव’ संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।
कन्भेन्सनमा केस स्टडी प्रस्तुतीकरण, प्यानल डिस्कन, कोलाबोरेटिभ आर्टस तथा कोलाज, कोलाबोरेटिभ एसक्युसी टे«जर हन्ट, साइबर सुरक्षासम्बन्धी कार्यशाला र बोर्ड गेम वर्कसप गरी छवटा इभेन्ट सञ्चालन गरिएको थियो ।
सो कार्यक्रममा चितवन हबका पूर्वसंयोजक स्वर्गीय ओमराज मैनालीको सम्झनामा ‘ओमराज मैनाली उत्कृष्टता पुरस्कार’को स्थापना गरिएको छ । चितवन हवमा आवद्ध विद्यालयहरूको सक्रियतामा उक्त पुरस्कारको गठन गरिएको हो । चितवन हबमा रहँदा मैनालीले पु¥याएको योगदानको कदर गर्दै स्थापना गरिएको पुरस्कार आगामी वर्षदेखि हबअन्तर्गत विद्यालयका एसक्युसीमा संलग्न उत्कृष्ट व्यक्तिलाई बर्सेनि प्रदान गरिने हबका संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।
चितवन हवका संयोजक एवम् क्वेस्ट नेपालका मास्टर ट्रेनर अर्जुन जी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जीवन दवाडीले गरेका थिए । काठमाडौँ युनिभर्सिटी हाइस्कुलका प्राचार्य तथा क्वेस्ट नेपालका अध्यक्ष नारद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कन्भेनसमा क्वेस्ट नेपालका कार्यकारी सदस्य तथा चितवन हबका सल्लाहकार हीरालाल अर्याल, प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारी र स्मल हेवन मोडेल स्कुलका प्राचार्य विमल क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।









