चितवन । अन्तरराष्ट्रिय ब्राण्ड टाइटनको घडीको आउटलेट भरतपुरमा सञ्चालनमा आएको छ । नियोम इन्टरप्राइजेजले भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित लायन्स चोकमा बुधबारबाट उक्त कम्पनीको घडीको शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्धघाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ तथा कम्पनीका कन्ट्री मेनेजर वसन्त वासुदेवानले गरे । सो क्रममा बोल्दै उवासंघका अध्यक्ष श्रेष्ठले यस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादन चितवनमा आउनु गौरवको बिषय बनेको बताए । ‘कतिपय ग्राहकहरु ब्राण्ड लोयल हुनुहुन्छ , उहांँहरुको लागि अन्य जिल्ला धाउनु परेन । आफ्नै घरआंँगनमा ओरिजिनल प्रडक्ट पाउनुहुने भो ।’ श्रेष्ठले भने ।
कम्पनीका कन्ट्री मेनेजर वासुदेवानले चितवन देशकै केन्द्र विन्दु र भ्राइव्रेण्ट सिटी भएकोले टाइटनको शोरुम यहांँ सञ्चालनमा ल्याएको बताए । ‘हाम्रा प्रडक्टहरु अनलाईनथ्रु बाट खरिद गर्ने कतिपय कस्टुमर यहांँबाट पनि हुनुहुन्छ , उनले भने, अब स्टोरबाटनै आफ्नो आंँखा अगाडी चोइस गरेर किन्न सक्नु हुनेछ ।’
चितवन शाखा प्रमुख रोसन कुमार गुप्ताले शोरुम सञ्चालनको अवसरमा १० प्रतिशत छुट सहितको अफर ल्याएको बताए । हामीले यही मंसिरसम्म १० गतेसम्म हरेक टाइटन घडीको खरीदमा १० प्रतिशत छुट र टाइटन स्कीन फरफ्युम निशुल्क दिनेछौं , उनले भने, यसको अवसर नगुमाउन समेत आग्रह गर्दछौं ।
शोरुमले हाल दुईहजारदेखि ६० हजार रुपैयांँ सम्मका हजारसम्मका डिजाइन उपलब्ध भएको जानकारी दिएको छ । साथै ब्राण्डेड फरफयुम र सनग्लासहरु पनि बिक्री हुने जनाएको छ ।











