भरतपुर । नेपालका लागि एसआरएम र जोयलोड ब्रान्ड विद्युतीय सवारी साधन (ईभी) को अधिकृत विक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर (SRM 7 seater Tourister_ ) र १४ सिटर (14 seater Joylong EA4) विद्युतीय भ्यान सार्वजनिक गरेको छ । भरतपुर स्थित सिएमटी रिसोर्टमा आयोजित एक विशेष समारोहमा महानगर यातायातका अध्यक्ष चिनि बहादुर बोहोरा, चितवन यातायातका अध्यक्ष कमल तिवारी, भिजी मोटर्सका विजनेश हेड चन्दन रौनियार लगायतले उक्त भ्यान अनावरण गर्नुभएको थियो ।
सो अवसरमा कम्पनीले ईभी बारेको मिथक र भावी प्रभावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा सवारीधनीका मुख्य चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा भिजी मोटर्सका विजनेश हेड चन्दन रौनियारले एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउनुभयो । उहाँले नेपाल भित्र्याइएको विद्युतीय सवारी (ईभी) प्रविधिको विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा पनि विश्वसनीयता सुनिश्चित गर्ने बताउनुभयो ।
सम्राट गौतमले वातावरणसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतले घटाउने बताउनुभयो । उहाँले एउटा मात्र डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा पनि सहरी क्षेत्रको वायु गुणस्तरमा ठूलो सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
कम्पनीका विजनेस हेड चन्दन रौनियारले विस्तृत लागत लाभ विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले सुरुवाती लगानी पेट्रोल वा डिजेल गाडीको तुलनामा केही फरक भए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अतुलनीय रहेको प्रष्ट पार्नुभयो । उहाँले अनुमानित रिसेल मूल्यबारे चर्चा गर्दै भन्नुभयो, ’इन्धनमा आधारित बजार खुम्चिदै जाँदा सेकेन्ड–ह्यान्ड विद्युतीय सवारीको माग र मूल्य दुवै उच्च रहनेछ ।’
’ईभीमा इन्धन गाडीको तुलनामा चलायमान पार्टपुर्जाहरू कम हुने भएकाले मर्मत खर्च ६०% भन्दा बढीले कम हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले यसमा आयल चेन्ज, स्पार्क प्लग र जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने बताउनुभयो ।
खरिदकर्तामा हुने व्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै रौनियारले व्याट्री रिसाइक्लिङमा भएका प्रगति र घट्दो प्रतिस्थापन लागतबारे चर्चा गर्नुभयो । उहाँले आधुनिक ईभी ब्याट्रीहरू गाडीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र रिसाइक्लिङ कार्यक्रमहरूले
’चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित गर्ने बताउनुभयो
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक र इन्जिनियरहरू ल्याएर विद्युतीय सवारीचालक र सवारीधनीलाई ईभीका विविध पक्षबारे जानकारी गराउन यस्ता कार्यशालाहरू आयोजना गर्दै जाने बताउनुभयो ।











