चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित नारायणी नमुना मा. वि भरतपुर को ६३ औ बार्षिकोत्सवको अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासघ चितवन को प्राबिधिक सहयोग मा “आइटी फेष्ट २०८२” संचालन भएको छ ।
शनिबारबाट शुरु भएको उक्त फेष्टमा प्रमुख अतिथि नेपाल कम्युटर एशोसिएसन नेपालका केन्द्रिय
लेखा संयोजक भानु शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । उद्धघाटनपछि बोल्दै शर्माले नारायणी नमुना विद्यालयले आइसिटी अवार्ड प्राप्त गरेकोमा बधाई तथा शुभकामना दिनुभयो । ‘सूचना प्रविधिको विकास नगरी अब हामी अघि बढ्न सक्दैनौ, उहांँले भन्नुभयो, नीतिगत तहबाटनै विद्यालय स्तरमा कम्प्युटर बिषय ऐच्छिक नभई अनिवार्य गराउनुपर्छ ।’ यो अभ्यासलाई नारायणी मावीले महत्व दिएको भन्दै क्यान महासंघले आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रमको अतिथिहरुमा विभिन्न विद्यालयका प्रतिनिधिहरु,विद्यालयकै सहायक प्रधानाध्यापक केशव प्रसाद सापकोटा, शिक्षकहरु दिपक अधिकारी,राजकुमार कंडेल, प्रेम कुमार श्रेष्ठ, सुन्दर श्याम महोतो, रमेश चन्द्र दवाडी,आचल तामांग,अमित रामदाम, त्यसैगरी चन्द्र कुवर, सुमिन थापा, अर्पण पौडेल,सन्देस अधिकारी र चित्र बहादुर रिमालको सहभागिता रहेको थियो ।
सो अवसरमा आइटी कोअर्डिनेटर दीपक तिवारीे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । इभेन्ट कोअर्डिनेटरको रुपमा विद्यालयको कक्षा ११ मा पढ्ने बिधार्थी बिनम्र सापकोटा रहनु भएको थियो ।
आइटी ह्याकथनको निर्णायकको भूमिकामा दिनेश पण्डित र सुरज श्रेष्ठ रहनु भएको थियो ।
स्वागत मन्तव्य विद्यालयका आइसीटी क्लबका अध्यक्ष आशिष पौडेलले गर्नु भएको थियो ।
यस कार्यक्रम पौष १५ गते विभिन्न ६ वटा कार्यक्रम गरी समापन हुनेछ ।
आइटी ह्याकथन कार्यक्रममा सात वटा बिद्यालय सहभागी भएका थिए ।सो प्रतियोगिताको बिजेता गुरुकुल कलेज र उपविजेता नारायणी पब्लिक सेकेण्डरी बोर्डिंग स्कुल भरतपुर भएको छ । साथै बिजेताहरुले नगद, प्रमाण पत्र,मेडल र ट्रफी हासिल गरेका थिए ।
यस्ता किसिमको कार्यक्रम बिद्यालयले दोस्रो पटक आयोजना गरेको जानकारी आइटी संयोजक दिपक तिवारीले जानकारी दिनु भयो ।कार्यक्रम लाई बिएसबी ट्रेड सेन्टर लगायत का ब्यबसायिक सस्थाहरुले समेत सहयोग गरेका थिए ।









