चितवन । स्थानीय उत्पादन प्रर्वद्धन गर्ने उद्धेश्यसहित यही पुष २५ देखि नारायणी नदी किनारमा नारायणी एक्स्पो २०८२ हुने भएको छ ।
आयोजक संस्था रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विकल क्षेत्रीले चितवन जिल्लाको आर्थिक गतिविधिहरूलाई बढवा दिंदै स्थानीय उत्पादनलाई प्रवद्र्धनमा टेवा पुग्ने उद्धेश्यसहित एक्स्पो गर्न लागिएको बताए । ‘यसले स्थानीय उद्यमीहरूलाई आफ्ना सीप, उद्यमशीलता र दक्षता भव्य रूपमा प्रस्तुत गर्न प्रेरित गरेको छ ।’ अध्यक्ष क्षेत्रीले भने । उनले एक्स्पोमा स्थानीय तथा राष्ट्रिय व्यापार, उद्योग र उद्यमशीलताको प्रवद्र्धन, विभिन्न संघ–संस्थाहरू, व्यवसायी र स्टार्टअपलाई प्राथमिकता दिनुका साथै नेपाली कला, संस्कृति, खानपान एवं मनोरञ्जन प्रदान गरिने बताए । एक्स्पोमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
एक्स्पोमा करीब २०० वटा व्यवसायिक स्टल रहने छ । चितवन जिल्लाको आर्थिक गतिविधि चलायमान गर्न एक्स्पो आयोजन गर्न लागिएको उनको भनाई छ ।
करीब २ लाख अवलोकनकर्ताले आउने अनुमान गरिएको महोत्सवमा सांँढे तीन करोडको खर्च हुने एक्स्पोका संयोजक पाल्देन लामाले जानकारी दिए । एक्स्पोको आकर्षणको रुपमा लण्डन सिटी, पेरिस सिटी,काश्मिीरी भ्याली र अमेरिकाको झल्को दिने संरचनाहरु निर्माण गरिने उनले बताए । हाल महोत्सव स्थलको निर्माण कार्य तीब्र पारिएको छ । एक्स्पो माघ १० गते सम्म चल्नेछ ।
पुष २५ गतेदेखि नारायणी नदी किनारमा नारायणी एक्स्पो हुंँदै
पुष २५ गतेदेखि नारायणी नदी किनारमा नारायणी एक्स्पो हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु









