चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्मिसेज चितवन शाखाले शैक्षिक मेला आयोजना गर्ने भएको छ । विदेश पढ्न जान चाहने विद्यार्थीाहरुलाई लक्षित गर्दै आगामी माघ १६ ( जनवरी ३०) गते कार्यालय परिषरमा ‘मेट्स इडीयु एक्स्पो २०२६’ हुने भएको हो ।
एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका का ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने संस्थाका शाखा प्रबन्धक प्रकाश पौडेलले जानकारी दिनुभयो । एक्स्पोमा विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क सम्बन्धी विस्तृत जानकारी दिइने प्रबन्धक पौडेलले बताउनु भयो । ‘एक्स्पोमा विद्यार्थीले प्रत्यक्षरुपमा युनिर्भिर्सटी तथा कलेजका प्रतिनिधि संँग भेट गर्न पाउनेछन , प्रबन्धक पौडेलले भन्नुभयो, डकुमेन्टस पुरा भएको खण्डमा अन द स्पट एडमिसन पनि गर्न सक्नेछन ।’
एक्स्पोमा १२ कक्षा पास गरेका तथा व्याचलर, मास्टर्स डिग्री पढ्न चाहने जुनसुकै विद्यार्थीले परामर्श लिन सक्नेछन । ’ विद्यार्थीले डकुमेन्टसको आधारमा छात्रवृत्ति समेत पाउन सक्ने पौडेलले बताउनु भयो ।
एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागी रहनेछ । विद्यार्थीहरुले वित्तीय परामर्श लिन पाउनुका साथै सहभागी विद्यार्थीहरुलाई गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको उहांँले जानकारी दिनुभयो । एक्स्पो माघ १६ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ । एक्स्पोमा करीब ३०० बढी विद्यार्थी तथा अभिभावक आउने अपेक्षा गरिएको छ ।
मेट्स इन्टरनेसनलले निशुल्क शैक्षिक परामर्श दिनुका साथै एक्स्पोमा आउने विद्यार्थीको लागि आइईएलटीएस तथा पीटीईका कक्षाहरु निःशुल्क गरिने मेट्स इन्टरनेसनले जनाएको छ ।
चितवनमा ‘मेट्स इडीयु एक्स्पो २०२६’ आयोजना हुंँदै
चितवनमा ‘मेट्स इडीयु एक्स्पो २०२६’ आयोजना हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु










