चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित किड्स वल्र्ड मन्टेश्वरीमा कुशल अभिभावकत्व विषयमा एकदिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंबाट आउनुभएका प्रसिद्ध प्रशिक्षक सानु अमात्यले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षण दिंँदै प्रशिक्षक अमात्यले भन्नुभयो, æएक कुशल र प्रभावकारी अभिभावकत्वले नै बालबालिकाको उज्ज्वल भविष्य निर्धारण गर्दछ । Æ उहाँ लेखिका, बाल विकास विशेषज्ञ तथा अनुसन्धानकर्ता हुनुहुन्छ।
बाग्मती श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालले गर्नुभएको थियो।
मन्टेश्वरीकी प्रबन्ध निर्देशक निरु सिग्देल खतिवडाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सह–प्राचार्य एलिना थापाले आधुनिक तथा प्रविधिमैत्री युगमा प्रभावकारी अभिभावकत्व सम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा करिब ८० जना अभिभावकको सहभागिता रहेको थियो।





