चितवन । भरतपुर–२ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेस्ट बुटिक तथा रेन्टल सप पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । बुटिकले दोस्रो बर्ष प्रवेश गरेको अवसरमा विभिन्न कपडा तथा पोशाकमा १० प्रतिशत देखि ६० प्रतिशत सम्म छुट गरेको छ । सञ्चालिका सुनिता घिमिरेले बुटिकले एक बर्ष पुरा गरेको अवसरमा विभिन्न विभिन्न डिजाइन तथा छुटको व्यवस्था गरेको जानकारी दिइन । हाम्रो बुटिकले Æआज एक बर्ष पुरा गरेको छ , उनले भनिन, यस अवसरमा हामीले ग्राहकको चाहना र माग अनुसारको प्रडक्ट दिइरहेका छौं ।æ बुटिक सञ्चालनको छोटो समयमै ग्राहकको आकर्षण बढेको उनको भनाई छ । हामीले यति छोटो समयमा ग्राहकको धेरै माया पाएका छौं कि आगामी दिनमा थप अन्य सेवा सुविधा विस्तार गर्ने योजनामा छौं ।Ú संचालिका घिमिरेले भनिन ।
सबै उमेर समूहलाई लक्षित गरी क्लासिकलदेखि नयांँ डिजाइनका फेसन तथा पोसाकहरु उपलब्ध गराउने उद्देश्यसहित बुटिक सञ्चालनमा ल्याइएको थियो । बुटिकमा ग्राहकले पोशाक सुपथ मुल्यमा खरीद गर्न पाउनुका साथै विहे , ब्रतबन्ध पार्टीका लागि भाडामा समेत उपलब्ध छन । …बुटिक संचालनलको बर्षदिनमै सयौंले ग्राहकले हाम्रो उत्पादन मन पराएर खरीद गर्नुका साथै झण्डै एक हजार जनाले भाडामा पनि लगि सक्नु भएको छ ।… घिमिरेले भनिन ।
चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाइनका पोसाक तथा कपडाहरु बुटिकमा उपलब्ध गराउने उद्धेश्य सहित बुटिक संचालनमा ल्याईएको उनले बताइन् । घिमिरेले आठ वर्ष जापान बसेर त्यहांँको अनुभव र सीप यहांँ उपयोग गरेकी हुन ।
बुटिकमा बालबालिकालाई चाहिने कपडा, विभिन्न रीतिरिवाज, भेषभूषाका लागि चाहिने कपडा, कोट, पेन्ट, सुट, लेडिजलाई चाहिने विभिन्न बिहे पार्टी ब्रतबन्ध, चाडबाडका कपडा तथा कलाकार मोडललाई चाहिने फेसनका कपडाहरु रहेका छन । यस्तै पुरुषका लागि चाहिने टिसर्ट, पेन्ट, सुटलगायतका सबै फेसनका कपडाहरु पनि रहेका छन । बुटिकमा ग्राहकले चाहेको डिजाइन, फेसनअनुसारको कपडासमेत अर्डरअनुसार तयार पनि गरिने छ ।
यसअघि अर्बन नेस्टले अनलाइनबाट अर्डर लिएर ग्राहकको इच्छा र मागअनुसार पोसाक तयार गरेर ग्राहकसमक्ष डेलिभरी गर्दै आएको थियो । अनलाइन डेलिभरीसंँगै ग्राहकको माग र आवश्यकता अनुसार प्रत्यक्षरुपमा आफूले रोजेको पोसाक तथा सामान उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याइएको छ ।
आगामी दिनमा बुटिकले नेपाली चलचित्र , म्युजिक भिडियो लगायतका कार्यक्रमका लागि आफै पोशाक उत्पादन तथा डिजाइन गरेर बिक्री तथा रेन्टल सुविधा दिने उनको भनाई छ । बुटिकले आफैं ढाकाको कपडा तथा पोशाक तयार गरेर बिक्री तथा रेन्टल सेवा सुविधा दिइने उनले जानकारी दिइन ।




