चितवन । आगामी जेठ २ गते हुन गइरहेको नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो अधिवेशन अन्तर्गत हुने निर्वाचनमा केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार प्रकाश अर्यालप्रति समर्थनको अपिल गरिएको छ।
चितवन मोबाइल व्यवसायी संघका संस्थापक अध्यक्ष तथा महासंघका वर्तमान कार्यसमिति सदस्य समेत रहनुभएका अर्याललाई अग्रिम सफलताको शुभकामना व्यक्त गर्दै उहाँलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सम्बन्धित सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरिएको हो।
समर्थकहरूका अनुसार प्रकाश अर्याल महासंघको गतिविधि र संरचनालाई गहिरो रूपमा बुझ्ने अनुभवी नेतृत्व हुन्। वर्तमान कार्यकालमा उहाँले महासंघप्रति उल्लेखनीय योगदान दिँदै व्यवसायीहरूको हक, हित तथा दिगो विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताइएको छ।
त्यसैगरी, विभिन्न जिल्लाका व्यवसायी संस्थाहरूलाई सक्रिय बनाउँदै सहभागिता वृद्धि गर्न सक्ने क्षमता, महासंघ–प्रदेश–जिल्ला बीच सुमधुर सम्बन्ध कायम गर्ने नेतृत्व गुण, तथा पदलाई जिम्मेवारीका रूपमा ग्रहण गर्दै निष्ठापूर्वक कार्य सम्पादन गर्ने स्वभाव उहाँका प्रमुख विशेषता भएको उल्लेख गरिएको छ।
समग्रमा संस्था र व्यवसायीहरूको अग्रगामी विकासका लागि सक्षम र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै प्रकाश अर्याल उपयुक्त विकल्प भएको समर्थकहरूको भनाइ छ।
यसपटकको निर्वाचनलाई केवल अवसर मात्र नभई सक्षम, इमानदार र कुशल नेतृत्व चयन गर्ने महत्वपूर्ण जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिइएको छ।
व्यवसायीहरूले सही नेतृत्व चयन गर्न सकेमा महासंघलाई आगामी दिनमा अझ आत्मनिर्भर, सशक्त र उच्च स्थानमा पुर्याउन सकिने विश्वास समेत व्यक्त गरिएको छ।



