चितवन । पूर्व कर्मचारी समाज कृषि विकास बैंक चितवन र नवलपुरको आयोजना तथा पुष्पाञ्जली अस्पताल भरतपुरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । पूर्व कर्मचारीका परिवार र हाल बैंकमा कार्यरत परिवारको स्वास्थ्य अवस्थालाई मध्यजनजर गर्दै आज निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको हो ।
सो अवसरमा बोल्दै अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले कर्मचारी समाजको सहकार्य बमोजिमको कार्यतालिका अनुसार अस्पताल परिषरमा शिविरको आयोजना गरिएको जानकारी दिनुभयो ।
अस्पतालले विगतका बर्षदखि जनतासंग अस्पताल अभियान अन्र्तगत स्वास्थ्य सेवाको पहुंँच पुर्याउने उद्धेश्यले शिविर आयोजना गरिएको उहांँको भनाई थियो । उहांँले भन्नुभयो ,… शिविरको मुख्य उद्धेश्य रोग लाग्न अघिनै समयमै परीक्षण गर्नु हो भने अर्कोकुरा शरीरका मुख्य अंगहरुको नियमित परिक्षण र उपचार गर्नु पनि हो ।Ú
समाजका अध्यक्ष प्रमोद तिवारीले पुष्पाञ्जली अस्पतालको सहकार्य अनुसार सबै कर्मचारीले सहुलियत रुपमा उपचार गर्दै आएको र आज निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो । हामी हाम्रो स्वास्थ्य प्रति सजक बन्न र नियमित स्वास्थ्य परीक्षण गर्न कर्मचारीहरुको लागि स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो । शिविरमा सुगर , प्रेसर, फोक्सो, मुटु, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा न्युरोको सेवा निशुल्क गरिएको अस्पतालका सामाजिक इकाई प्रमुख केदार सुबेदीले जानकारी दिनुभयो । अन्य थप उपचारमा सम्भौता बमोजिम छुट व्यवस्था गरिएको छ । उहांँका अनुसार शिविरमा १५० भन्दा बढीले सेवा लिएका छन ।
कार्यक्रममा समाजका उपाध्यक्ष प्रदीप पोख्रेल, अस्पतालका कार्यबहाक अध्यक्ष गुरुप्रसाद पन्त , सामाजिक सेवा इकाइ प्रमुख केदार सुबेदी लगायत कर्मचारी एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।







