चितवन । बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनालाई लिएर देशभर भएको प्रर्दशनसंँगै भरतपुरमा पनि प्रर्दशन गरिएको छ । भरतपुर–८ स्थित त्रिशा द जुम्बा स्टुडियोका सदस्यहरुले पनि उक्त घटनाको विरोध गर्दै शनिबार प्रदर्शन गरेका थिए ।
गरिमाको न्याय र दोषीलाई कडा कारवाहीको माग गर्दै उनीहरुले भरतपुरको चौबीसकोठीमा प्रर्दशन गरेका हुन ।
यस्ता अमानवीय तथा जघन्य अपराध दोहोरिन नदिन कडा कानुनी व्यवस्था हुनुपर्ने उनीहरुको माग थियो । समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको उक्त विरोध कार्यक्रममा सहभागीहरूले बालबालिकाको सुरक्षा र न्यायको माग गर्दै प्रर्दशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु










