चितवन –
नेपाली कांँग्रेसको १५ औं महाधिवेशन अन्तरगत देशभर सरगर्मी ह्वात्तै बढिरहेका बेला चितवनमा पनि चुनावी माहोल तातेको छ । वडा नगरको अधिवेशन सकिए लगत्तै नेता तथा उम्मेदवार क्षेत्रीय सभापतिको लागि चुनावी मैदानमा होमिएका छन । उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न चुनावी घरदैलो र प्रचार प्रसारमा व्यस्त छन । चितवनको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि पनि विभिन्न उम्मेदवारहले आफ्नो उम्मेदवारी दिएका छन । आफ्ना एजेण्डा र योजनालाई अघि सार्दै उम्मेदवारहरु मत माग्न सक्रिय छन । ती मध्येका होनाहार, निडर, आंँटिला र स्पष्ट वक्ताका रुपमा चितवन क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवारका रुपमा केशव महर्जन अघि सरेका छन । विपीको बाटो आर्दश, सिद्धान्त र मार्गदर्शनलाई अनुसरण गर्दै चुनावी मैदानमा होमिएको महर्जन बताउंँछन । झण्डै सांँढे तिन दशकको आफ्नो सक्रिय र सबल राजनीतिकका कारण पनि आफ्नो जित सुनिश्चित रहने उनको दाबी छ ।
को हुन केशव महर्जन ?
हक्की स्वभाव निडर र मिलनसार स्वभावका केशव महर्जन नेविसंघ, तरुणदल हुंँदै नेपाली कांंग्रेसको सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन । नेपाली कांँग्रेसको ११ र १२ औं महाधिवेशन बाट उनी दुईपटक साबिक भरतपुर महानगरपालिका वडा नम्बर ३ को दुई कार्यकाल वडा सभापति हुन सफल भए ।
त्यसपछि १३ औं नेपाली कांँग्रेस जिल्ला कांँग्रेस जिल्ला कार्यसमिति सदस्यमा सर्वाधिक मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांँग्रेसको १४ औ. महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका महर्जन त्यसपछि २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १मा अध्यक्षको रुपमा जित हासिल गरे । सामाजिक र आर्थिक राजनैतिक रुपान्तरणलाई मुख्य समृद्धिको आधार मान्ने महर्जन चितवन कांँग्रेसको राजनीतिमा परिपक्व नेताको रुपमा परिचित छन ।
विद्यार्थीकालदेखिनै विभिन्न आन्दोलन, प्रर्दशन, रयाली, छलफल मा सहभागी हुंँदै आएका महर्जन कांँग्रेसको लागि अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन । समयको माग संँगै पुस्तान्तरण , रुपान्तरण, हस्तान्तरण गर्दै जानुपर्ने आवाज उठाउने महर्जन राजनीतिलाई पेशाका रुपमा नभई सेवाको रुपमा लिनुपर्ने बताउंँछन ।
उनको उम्मेदवारी किन ?
नेपाली कांँग्रेसको राजनीतिबाट समाज रुपान्तरण गर्न ।
नेपाली कांँग्रेसको मुल्य मान्यता र सिद्धान्तलाई स्थापित गर्न ।
विपी कोइरालाको सिद्धान्त , आर्दश र मार्गदर्शनलाई स्थापित गर्न ।
नेपाली कांँग्रेसको राजनीतिको माध्यमबाट राष्ट्रमुखी, नागरिकमुखी र उत्तरदायित्वको भुमिका निभाउन ।
युवालाई जोडदै कांँग्रेसलाई बलियो बनाउंन ।
एक व्यक्ति एक पदलाई स्थापित गर्न ।











