चितवन, २४ भदौ – चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ-मुहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमकाबीच चलचित्रको शुभ मुहूर्त गरिएको हो।
पूर्व गृहराज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाली कांग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल , सांसद सन्तलाल चेपाङ्ग, नेपाल चेपाङ्ग संघ प्रदेशका अध्यक्ष खुशीलाल चेपाङ्ग, प्रदेशका सचिव लक्ष्मण चेपाङ्ग, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतको उपस्थिति थियो ।
सरिता फिल्म्स प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा चेपाङ्ग समुदायको कथा छ । चलचित्रको छायाँकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताए। मकवानपुर, चितवन र छायाँकन हुने चलचित्रमा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ अनुबन्धित भई सकेका छन् । अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।
चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको चलचित्रको निर्माता सरिता ढुंगाना हुन् । गोविन्द्र गौतमले निर्देशन गर्ने चलचित्रमा महेश पौडेलको छायाँकन तथा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने छ।