हलिउड । चर्चित अमेरिकन गायिका ब्रिटेनी स्पियर्सले इंगेजमेन्ट गरेकी छिन् । उनले प्रेमी सेम अजगारीसँग इंगेजमेन्ट गरेको खबर आइतबार सार्वजनिक गरेकी हुन् ।
इन्स्टाग्राममा इंगेजमेन्टको हिराको औंठी देखाउँदै उनले दर्शकलाई जानकारी गराएकी हुन् । ३९ वर्षिय गायिका स्पियर्सको यो तेस्रो इंगेजमेन्ट हो । सेमले पनि सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गरेका छन् ।
ब्रिटेनीले यो खबर उनका बुबाले संरक्षकत्वबाट हट्न तयार भएको भन्दै अदालतमा निवेदन दिए बापत गरेकी हुन् ।
पछिल्लो केही महिनादेखि ब्रिटेनी आफ्नो बुबासँग कानुनी लडाईं लडिरहेकी थिइन् । पछिल्लो १३ वर्षदेखि ब्रिटेनीको व्यक्तिगत र व्यावसायिक पाटोमा कानुनी रुपमा उनका बुबाले कन्ट्रोल गर्दै आइरहेका थिए ।
ब्रिटेनी र सेमको भेट सन् २०१६ मा म्युजिक भिडियो ‘स्लम्बर पार्टी’को छायांकनको क्रममा भएको थियो । पहिलो भेटपछि उनीहरुबीच निकटता बढ्दै गयो र पछि प्रेमसम्बन्धमा परिणत भयो ।
यसअघि उनको केविन फेडरलाइनसँग विवाह भएको थियो, केविन र उनको दुई छोराहरु छन् । त्यसअघि सन् २००४ मा बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग विवाह भैसकेको थियो । इन्डियन एक्सप्रेस