चितवन, ०४ असोज – चितवनका पत्रकार कोमलचन्द्र भगतले वर्षकै उत्कृष्ट वातावरण पत्रकार अवार्ड प्राप्त गरेका छन् । उनलाई सिजन मिडियाले पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कारबाट सम्मानित गरेको हो ।
मिडियाले आफ्नो १३औँ स्थापना दिवस तथा सातौँ संविधान दिवस २०७८ को अवसरमा भगतलाई वर्षकै उत्कृष्ट वातावरण पत्रकार अवार्ड प्रदान गरेको हो । दुई दशक भन्दा बढी समयदेखि मोफसलमा रहेर वातावरण बिटमा पत्रकारिता गर्दै आएका पत्रकार सुडीको पेशागत योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
चितवनमा सञ्चालित आभाष टेलिभिजन एचडीमा उनले पर्यावरण र विकास कार्यक्रममार्फत वातावरण पत्रकारिता गर्दै आएका छन् । कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ३१ हस्तीहरुलाई अवार्ड तथा सम्मान गरिएको हो ।
यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।