चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी दिए । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताए ।
उनले सरकारले कात्तिक महिना भित्र ३३ प्रतिशत जनताले पूर्ण खोप पाउने बताए । पहाडी जिल्लाहरुलाई पूर्ण खोप बनाउने गरि अहिले कार्यक्रम संचालन भईरहेको समेत उनले जानकारी दिए ।
फरक प्रसंगमा बोल्दै श्रेष्ठले सरकारले छिटै पुर्णता पाउनेमा आफू निर्धक्क रहेको जानकारी दिए । उहाँले सरकारमा सामान्य कुराले विवाद भएको अब छिटै अन्त्य भएर सरकारले आफ्नो कार्यमा लाग्ने बताए ।