चितवन । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र राष्ट्रियता ,समाजवाद र लोकतन्त्रको लाईन भन्दा बाहिर गएको बताएका छन ।
आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले भने सही लाइन समातेको बताए । ‘प्रचण्डले लाइन छोड्नु भएको छ । समाजवादी लाईन , समृद्धि र राष्ट्रियता विरोधमा उभिनु भएको छ । ’बादलले भने । प्रचण्डले नयांँ गुट तयार गरेको भन्दै बादलले प्रचण्ड जस्ता नेताहरुले देशको समृद्धि , पूंँजीवादी सुदृढ र यथास्थितिबादलाई प्रश्रय दिएको उनको आरोप थियो । ‘उनले अहिले नयांँ गुटको सरकार गठन गरेका छन । कम्फर्र्टेबल सरकार गठन गरेका गरेका छन ।’ बादलले भने ।
समाजबाद भनेको समृद्धि भएको भन्दै उनले एमाले बाहेक अन्य दलहरु आफ्नो पार्टीकै लाइन छाड्दै गएको उनको भनाई थियो । यो सरकारले जारी गरेको विज्ञप्ति बारे बोल्दै उनले भने, ‘गृह मन्त्रालयले मित्रराष्ट्रहरु लाई आंँच आउने विरोध गर्न नपाउने र अर्थ मन्त्रालयले सम्पति आयस्रोत खुलाउन नपर्ने यस्तो नीतिले कालो धन र दलाल पूँजीवादलाई मात्र संरक्षण गर्छ ।’ माओवादी भित्र अन्तरविरोध रहेको भन्दै उनले अव प्रचण्ड एक्लो हुन्छु कि भनेर डराएको समेत बताए ।
एमसीसीको बारेमा बोल्दै बादलले यसअघिका बुंँदाहरुलाई शंशोधन गरी अघि बढ्नु पर्ने पार्टीको धारणा भएको उनले बताए ।