चितवन । चितवनमा एकजना ठगी गर्ने कानुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ५ का कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन ।
जिल्ला प्रहरी कायार्मलय, चितवनका अनुसार नागरिकताको विषयमा जाहेरी दरखास्त लेखिदिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ र उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भन्दै रकम माग गरेका थिए ।
देवकोटा बिरुद्ध ठगी चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु