काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव ५१ अंक अर्थात् १ दशमलव २२ प्रतिशतले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ६३३ दशमलव ४२ अंकमा झरेको हो । यो दिन कारोबारमा आएका २२५ ओटा धितोपत्रको ७३ लाख २१ हजार ०१४ कित्ता शेयरको ४९ हजार ८३५ पटकमा रू. ३ अर्ब ७० करोड २९ हजार ५०७ बराबरको शेयर खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये तीन ओटा धितोपत्रमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी सर्वाधिक शेयरमूल्य घट्नेमा गुडवील फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ८६ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६११ मा झरेको हो ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको भएको छ । उक्त बैंकको रू. १२ करोड ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको ३ दशमलव ९२ प्रतिशत,अन्य समूहको शून्य दशमलव २७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
साताको अन्तिम कारोबार दिन सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ दशमलव १८ प्रतिशतले घटेको छ ।
त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव शून्य ९ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ४१ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ८४ प्रतिशत,वित्त समूहको २ दशमलव ९८ प्रतिशतले घटेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको शून्य दशमलव ९ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६१ प्रतिशत,माइक्रोफाइनान्स समूहको शून्य दशमलव ७६ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ६९ प्रतिशत र लगानी समूहको परिसुचक १ दशमलव २४ प्रतिशत घटेको छ ।
पछिल्लो समय लगातार घटेको बजार बुधवार भने ५० अंकले बढेको थियो तर बिहीवार पुन : घटेको छ । लगातार घटिरहेको बजारमा लगानी गर्नका लागि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बजार विश्लेषकहरुले बताएका छन् ।