चितवन, १९ असोज – चितवनको खैरहनीमा नगरपालिका १३ सिम्रेनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय दिनेश बोटे रहेका छन् ।
खैरहनी १३ का वडा सदस्य चन्द्रलाल चौधरीका अनुसार आज (मंगलबार) बिहान साथीहरुसँग घाँस काट्न स्थानीय कुमरोज सामुदायीक वनमा घास काट्न गएका उनलाई बाघले आक्रमण गरेको हो ।
उनीसँगै गएका साथीहरु भने भाग्न सफल चौधरीले जानकारी दिए ।
बाघको आक्रमणबाट मृत्यु भएका उनको शव दिउँसो २:३० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शव बाघले आक्रमण गरेको भन्दा एक सय मिटर परभेटिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु