चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
आज (मंगलबार) नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रेग्मीले महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि ठोस् निर्णय गर्ने बताउनु भएको हो । उहांँले आफुले रोजेकै मन्त्रालय पाएकोले काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भएको हो । “अरुले नखोजेको, मैले रोजेको मन्त्रालय हो, म आँफुले त रोजेरै आएको हो यो मन्त्रालयमा, मेरो फिल्ड पनि हो, उहांँले भन्नुभयो। यसमा धेरै समस्याहरु छन् । महिलाका समस्या छन्, जेष्ठ नागरिकका समस्या छन्, बालबालिकाका समस्या छन्, अपाङ्गता भएकाहरुका समस्या छन् । यसमा केही न केही ठोस् काम गर्नै पर्छ ।“
उहांँले भएका कानुनलाई कडा भन्दा कडा किसिमले लागु गर्दै हिंसा न्युनिकरणमा जोड दिने बताएकी छन् । “आमुल परिवर्तन नै गर्छु भनेर भन्दिन, तर न्युनिकरण गर्दै भएका कानुनलाई सकेसम्म कडा भन्दा कडा किसिमले लाग्नु गर्ने, नभएका कानुन थप गर्ने पक्षमा म लाग्छु,“ उहांँले भन्नुभयो ।
एसिड, महिला हिंसा सम्बन्धि अध्यादेश निष्कृय भएको अवस्थामा पीडितले कसरी न्याय पाउँछन् भन्ने प्रश्नमा मन्त्री रेग्मीले निष्कृय भएका अध्यादेशलाई फेरि सक्रिय बनाउने बताउनु भयो । नेकपा एमालेले गरेको संसद अवरोधका कारण ति अध्यादेश निस्कृय भएकोले सहज हुने बित्तिकै अध्यादेश सकृय हुने उहांँको भनाई थियो । “एमालेले संसद घेरिरहेको अवस्था छ । संसद सहज रुपमा चल्न सकेको छैन । नभएका कानुन ल्याएर पास गर्नुपर्छ । संसद सुचारु सहज हुने बित्तिकै सरकारले त्यसलाई ल्याउंँछ ।“
यस्तै उहांँले बालबालिकाहरुले छिट्टै कोभिडविरुद्धको खोप पाउने बताउनु भयो । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा छिट्टै बालबालिकाहरुलाई पनि खोभिडको खोप लगाउने व्यवस्था गरिने उहांँको भनाई थियो ।
उहांँले स्वास्थ्य मापदण्ड पालना गरेर छिट्टै भौतिक रुपमा नै विद्यालय खुलाइने समेत बताउनु भयो । दुरदराजका विद्यार्थीहरु अनलाइन कक्षाको पहुँचमा नरहेकोले शिक्षा मन्त्रालयसँग समन्वय गरेर विद्यालय खुलाइने बताउनु भयो । यस्तै जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई घर–घरमा नै भत्ता पुराउने व्यवस्था गर्न जोड दिने समेत उहांँले बताउनु भयो ।
महिला ,बालबालिकाका हिंसा न्यूनिकरण गर्ने मेरो प्रमुख प्राथमिकता हुन्छ : मन्त्री रेग्मी
महिला ,बालबालिकाका हिंसा न्यूनिकरण गर्ने मेरो प्रमुख प्राथमिकता हुन्छ : मन्त्री रेग्मी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु