चितवन । पांँचदिनदेखिे दिनदेखि गीतानगरबाट आमाछोरी सम्पर्क बिहीन भएका छन । भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० बर्षीय आमा लक्ष्मी अधिकारी र उनकी २६ बर्षीय छोरी संगिता अधिकारी हराएको छोरा विनोद अधिकारीले जानकारी दिए ।
विनोदका अनुसार घरमा फूलपातीका दिन बिहान सामान्य घरायसी झैझगडा पश्चात आमा र विनोदकी बहिनी बिहान सांँढे १० बजेतिर घरबाट निस्केका थिए । साँझ ६ बजेतिर छोराले सम्पर्क गर्दा मोबाईलको घण्टी गएपनि आमाले नउठाएको विनोदको भनाई छ ।
त्यसपछि आमाको मोबाईलमा सम्पर्क नभएको र टीकाको दिनमा समेत आमा नआएपछि उनले प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको बताए । विनोदका बुबा यसअघिनै स्वर्गीय भैसकेको र आफू २८ बर्षीय विवाहित भएको उनले जानकारी दिए । आफू चिन्तित भएको भन्दै विनोदले आमा र बहिनी जता भएपनि घर आइदिन उनले आग्रह गरेका छन ।
बहिनीको अवस्था सुस्त मनस्थिति भएको र आमा सम्पर्कमा नआएपछि खोजिदिन र कसैले भेटेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उनले आग्रह गरेका छन । छोरा विनोद अधिकारीको सम्पर्क नम्बर ९८१२२९४४११ र ९८४५६५५८९५ रहेको छ ।
पांँचदिन देखि गितानगरबाट आमाछोरी सम्पर्क बिहीन: खोजिदिन र खबर गरिदिन छोराको आग्रह
पांँचदिन देखि गितानगरबाट आमाछोरी सम्पर्क बिहीन: खोजिदिन र खबर गरिदिन छोराको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु