चितवन ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालले आफूलाईनै केन्द्रित गरेर महाधिवेशन गर्नु फाइदाजनक विषय रहेको बताएका छन । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले नेकपाको महाधिवेशन संँगै आफ्नो विजयी शुरुवात भएको बताएका हुन् ।
‘एमालले मलाई कति महत्व दिदिरहेछ , प्रचण्डको राष्ट्रिय राजनीतिमा कति भूमिका छ । चितवनका जनताले राम्रै रुपमा बुझ्ने भए । ’उनले भने ।
एमालले महाधिवेशन गरेपछि आफ्नो पार्टीको महाधिवेशन पनि यहीं गरिने उनको भनाई थियो ।
‘ मेरो यो अन्तिमपटक निर्वाचन लड्ने अन्तिम हुनपनि सक्छ , तर मैले चितवन छोड्ने भन्ने कुरा आउंँदैन ।’ उनले भने ।
प्रधानन्यायधिशको बिषयमा बोल्दै उनले एउटा मन्त्रीको बिषयलाई लिएर विवाद चर्किएको भन्दै उनले न्यायलयको स्वतन्त्रमा कहीं कतैबाट आँच आउन नहुने बताए । त्यहींबाट विवाद चर्किएको भन्दै उनले यसबारेमा गठबन्धन केही दिनमा निष्कर्षमा पुग्ने उनको भनाई छ ।
‘न्यायपालिका कायापालिका र व्यवस्थापिकले आ आफ्नो स्वतन्त्रता कायम राख्न बल गर्नुपर्छ ।’ प्रचण्डले भने । यसबारे एक दुईदिनमा निष्कर्षमा पुग्ने भन्दै उनले गठबन्धनमा यस बिषयमा कुनै छलफल नभएको बताए । हिजोमा त तीनवटा पार्टीसंँग छलफभएको थियाें पांँचवटा पार्टी जुटेर यो बारेमा छलफल गर्ने भन्ने भएको छ तर महाअभियोगमा त चर्चै भएकै छैन । त्यो प्रसंगनै छैन ।
मलाई केन्द्रित गरेर एमालेले महाधिवेशन गर्नुले मेरो महत्व कति छ भन्ने प्रष्ट छ : अध्यक्ष प्रचण्ड
मलाई केन्द्रित गरेर एमालेले महाधिवेशन गर्नुले मेरो महत्व कति छ भन्ने प्रष्ट छ : अध्यक्ष प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु