चितवन । गैरआवासीय नेपाली संघ(एनआरएन) अमेरिकाका अध्यक्ष वुद्धिसागर सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा ८३ वर्षीया मनमाया सुवेदीको आज निधन भएको हो । सुवेदी परिवारलाई समवेदना दिन कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला माडी स्थित उनको निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।
स्वर्गीय सुवेदीको पार्थिव शरीरलाइ आज अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसप्रति आस्था राख्ने सुवेदीको पार्थिव शरीरमा कांग्रेस चितवनका पूर्व सभापति तथा संविधान सभा सदस्य रामकृष्ण घिमिरे, जिल्ला उपसभापति कैलाश कोइराला, सचिव राजािव न्यौपाने, पूर्व सांसद जगन्नाथ पौडेल, माडी नगरसभापति कोमलनाथ भुषाल, महासमिति सदस्य एंव एनआरएनका सल्लाहकार वेदप्रसाद खरेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गीय सुवेदीको ३ छोरा, १ छोरी छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु