चितवन । चितवनमा अनलाईन एप्सबाट बुकिङ्ग गरी आफूलाई आवश्यक पर्ने ठाउंँमा पुग्न ‘राइड शेयरिङ्ग’ सवारी सेवा सञ्चालनमा आउने भएको छ । मानिसहरुको व्यस्त जीवनशैलीलाई सहज बनाउन र सुरक्षित यात्रा गराउने उद्धेश्यले ‘डोर टु डोर एक्सप्रेस द्धारा उक्त सेवा ल्याउन लागिएको हो ।सवारी –सहयात्री, हरेक यात्राको मुल नारासहित ‘सवारी’ अनलाईन एप्सबाट यात्रुलाई मंसीरबाट सेवा शुरु दिनेगरी सबै तयारी पुरा भएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा टुटल–पठाओ कम्पनीले सवारी सेवा दिएजस्तै चितवनमा पनि यो सेवा शुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक मानवी श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार यसको लागि कम्पनीले ‘सवारी’ एप्स निर्माण गरिसकेको र बुकिङ्गका लागि अनुरोध आउन थालिसकेको छ । ‘चितवन हरेक किसिमको हब हो, यहांँ देशका सबै जिल्लाबाट मानिसहरु आउंँछन, उहांँले भन्नुभयो, उनीहरुलाई सस्तो, सुलभ र सुरक्षित रुपले गन्तव्यमा पुरयाउन हामीले यो सेवा शुरु गरेका हौं ।
सवारी एप्समा आफूले चाहेको गन्तव्य र भाडा र लाग्ने समय पनि निर्धारण गरि निर्माण गरी बनाईएको छ । यात्रुले चितवनको जुनसुकै ठाउंँबाट आफ्नो नजिकको राइडर्ससंँग अनुरोध पठाई सेवा लिन सक्नेछन । यात्रुले आफूले चाहेको सवारी साधन रोज्न सक्ने र सोही अनुसारको भाडा निर्धारण गरिएको उहांँले बताउनु भयो । ‘यस सेवाले यात्रुले रोजेको सवारीसाधनबाट यात्रा गर्ने र सुरक्षित , गुणस्तरीय, सस्तो सेवा लिन सक्नेछन , प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो, यसबाट यात्रुहरु ठगिने, लुटिने जस्ता घटनाबाट पनि बच्नुका साथै समयको बचत पनि हुनेछ ।’
यात्रुले आफ्नो यात्रा तथा गन्तव्यको लागि ‘खल्ती’ एप्सबाट अनलाईन भुक्तानी गर्न सक्नुका साथै नगद भुक्तानी पनि गर्न सकिने श्रेष्ठले बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० मा मुख्य कार्यालय रहेको यस कम्पनीले हाल चितवन जिल्ला भरी सेवा दिने र आगामी दिनमा अन्य जिल्लामा समेत सेवा विस्तार गर्दै लगिने जानकारी दिएको छ ।
‘यसबाट रोजगारी पनि सिर्जना हुनेछ, सेवा प्रभावकारी हुनुका साथै भाडामा लगाउने सवारीसाधनको काम पनि बढ्नेछ ।’ श्रेष्ठले भन्नुभयो । कम्पनीले यसका लागि सवारीसाधन धनी र राईडर्ससंँग पनि सहकार्य समन्वय गरिसकेको छ ।
यस अघि ‘डोर टु डोर’ कम्पनीले चितवनका ९० वटा रेष्टुरेण्ट संँग सहकार्य गरी चितवन फूडल्याण्ड मार्फत अनलाईन फूड डेलिभरी समेत गर्दै आएको छ ।
चितवनमा अनलाईन बुकिङ्गबाट गन्तव्य पुग्न‘राइड शेयरिङ्ग’ सेवा सञ्चालनमा आउंँदै
चितवनमा अनलाईन बुकिङ्गबाट गन्तव्य पुग्न‘राइड शेयरिङ्ग’ सेवा सञ्चालनमा आउंँदै
![](https://www.satyatathyasamachar.com/wp-content/uploads/2021/11/sawari-apps.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु