काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक देखी सामान्य बदली रहने छ ।
आज राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।
काठमाडौंको आज बिहान ६ बजेको तापक्रम ११.१ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे ११.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने छ ।