चितवन । राजनीतिक तथा प्राज्ञिक व्यत्तित्व प्राध्यापक डाक्टर सूर्यकान्त घिमिरे नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको लागि उम्मेदवारीको घोषणा गरेका छन् । साविक लमजुङ जिल्ला जीता गाविस वडा नम्बर २ मा २०२१ सालमा जन्मिएका उनी सानैदेखि शिक्षण पेशाका साथै पार्टीप्रति लगाव र झुकाव भएका नेता हुन् । उनले लामोसमय प्राध्यापन पेशासँगै राजनीतिलाई सँगै लैजादै आएका छन् । शालीन, भद्र र बौद्धिक नेताका रुपमा परिचित घिमिरे चितवनको राजनीतिमा आशा र भरोसाका नेताका रुपमा गनिन्छन् । घिमिरेको राजनैतिक यात्रा भने विद्यार्थी कालबाटनै शुरु भएको हो । ‘मेरो राजनीतिक यात्रा स्कुले जीवनबाटनै हो’ उनी भन्छन् ।
लमजुङबाट चितवन झरेर हाल भरतपुर महानगरपालिक वडा नम्बर १७ स्थायी बासिन्दा उनले स्थानीय स्कुल शारदा माविमा अध्ययन गरे । उनी २०३६ बाट नेविसंघमा आवद्ध भई पश्चिम चितवनको उपाध्यक्ष भई स्कुलको स्ववियु सचिवमा निर्वाचित भए । त्यसपछि भने उनको शैक्षिक गन्तव्य काठमाडौ भयो । त्यहाँपनि अध्ययन संँगै राजनीति यात्रालाई निरन्तरता दिए ।
‘म त्रिचन्द्र कलेज काठमाडौं नेवि संघको ईकाइको सभापति र रामपुर क्याम्पसमा स्ववियु निर्वाचनमा दुईपटकसम्म सभापतिको प्रत्यासी भएँ ।’ विद्यार्थीकालको राजनीतिबारे उनले बेलिविस्तार लगाए । त्यसपछि उनी २०४५ र २०४७ मा नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष भए । त्यसपछि प्राध्यापन पेशामा संलग्न उनी नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य पनि भए । ‘त्यसपछि म २०५३ सालमै महाधिवेशन प्रतिनिधि भएँ’ उनले भने ।
त्यसपछि भने उनी उच्च शिक्षा र विद्यावारिधीको लागि जापान गन्तव्य बन्यो । । त्यहांँ अध्ययन गर्ने क्रममा उनी नेपाल र चितवनको राजनीतिलाई गहिरो रुपमा नियालिरहन्थे । विभिन्न कांँग्रेसका नेता संँग नियमित सम्पर्क र छलफल मा व्यस्त रहन्थे । जापानबाट फर्केपछि उनी थप क्रियाशील हुँदै गए । ‘२०६० तिर जिल्ला कार्यसमिति, चितवनको सदस्य र जिल्ला कार्यसम्पादन समितिको पनि सदस्य भएँ’ उनी भन्छन् ।
उनको सक्रियता यतिमा सिमित रहेन । २०६२÷६३ सालमा जगतपुरमा भएको आन्दोलनमा नेपाली सेनाले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेको सम्झना उनमा ताजै छ । उनी राजनीतिक कालमा पटकपटक गरी झण्डै १ बर्ष जेल जीवन व्यथित गरेका थिए ।
नेपाली काँग्रेस चितवन सभापतिको दरिला एवं बलिया उम्मेदवार घिमिरे पार्टीलाई स्पष्ट दृष्टीकोण र आफ्नो क्षमता योग्यताको प्रयोग गर्दै अघि बढ्नुपर्ने तर्क राख्छन् । त्यसैले आफ्नो चुनावी नारालाई मुख्यतया सात बुँदालाई केन्द्रित गरेर चुनावी अभियानलाई तीब्र पारेका छन । ‘पार्टीलाई नयाँ सोचका साथ अगाडि बढाउने योजनामा छु’ उनी भन्छन् ।
नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठा उच्च राख्दै पुर्नजागरण गरी आन्तरिक लोकतन्त्र र जनमुखी बनाउन आफू कटिबद्ध रहने , पदलाई प्राथमिकता नदिई आगामी पांँच बर्ष राष्ट्रिय अन्तरराष्ट्रिय शुभेच्छुक संस्था, भातृसंगठन र विभागको सुदृढीकरण र परिचालनमा भूमिका खेल्ने उनी बताउंँछन् । पार्टी मातहतका भातृसंगठनको सुदृढीकरण, केन्द्रीय तहसम्मको समन्वयकारी भूमिका निर्वाह गर्न, लोकतान्त्रिक आन्लोलनका घाईते तथा शहिदको सम्मान गर्न, पार्टीका सबै तहका नेता कार्यकर्तालाई प्रशिक्षण दिन र त्यागी नेताको सम्मान गर्न र लोकातान्त्रिक समाजवादतर्फ उन्मुख हुन राजनीतिलाई दिगो विकाससँग जोड्ने, पार्टीको संस्थागत विकास सुदृढीकरण र विकासको सूचकहरु तयार पार्दै कांँग्रेसलाई थप गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्छन् ।
उनले विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन पेशा गरी अढाई दशक बिताए । उनी यतिमा मात्र सिमित छैनन्, उनी मैयादेवी कलेज र शहीद स्मृतिको सञ्चालक समितिको सदस्य छन् । उनी बहुदल आएपछिको जिल्ला खेलकुद समितिको पहिलो अध्यक्ष हुन् ।
जिल्ला सभापतिको निर्वाचनमा आफूले जित हासिल गरेमा पार्टीको संगठन विस्तार, चुस्तदुरुस्त राख्दै आगामी तीनै तहको निर्वाचनमा नेपाली कांँग्रेसलाई पहिलो र बलियो पार्टी र एकल बहुमत ल्याउन आफ्नो भूमिका रहने उनी बताउँछन् ।