चितवन । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको चितवनको जिल्ला अधिवेशनमा पुराना र पाका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । राप्ती नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा उनी झण्डै आधा शतकदेखि नेपाली कांँग्रेसको राजनीतिमा सक्रिय रहंँदै आएका छन् ।
‘२०२८ सालदेखि विद्यार्थी राजनीतिबाट मैले कांँग्रेसको राजनीति शुरु गरेको हो । अहिले पनि म उत्तिकै सक्रिय छु’ उनी भन्छन् । निष्ठावान, इमान्दारी नेताको रुपमा परिचित बुर्लाकोटीको पारिवारिक पृष्ठभूमि पनि कांँग्रेस नै हो । बुबा कांँग्रेसको सक्रिय कार्यकर्ता थिए । हाल महासमिति सदस्य उनले २०३६, २०४६ साल र २०६२÷६३ सालमा पनि प्रजातान्त्रिक आन्दोलनमा उत्तिकै योगदान दिँदै आएका छन् ।
‘म किशोरचन्द्र ढुंगाना लगायतका समकालीन नेताहरुबाट प्रभावित भएको हुंँ’ उनले भने । बुर्लाकोटीले २०४९ सालबाट हालसम्म महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यका रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । दुईपटक गरी उनले संविधान सभा सदस्य र २०७४ सालको दुई नम्बर क्षेत्रबाट उम्मेदवारी दिएपनि उपविजेता बन्नु परेको थियो । ‘मलाई पार्टीले विश्वास गरेर नै मैले दुईपटक निर्वाचनमा होमिएँ तर हार बेहोर्नुपर्यो’ उनले भने ।
१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा जित हात पारेपछि आफूले जिल्ला सभापति पद वा अन्य केन्द्र वा प्रदेशमा आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘पहिला महाधिवेशन प्रतिनिधिमा आऔं । त्यसपछि कति मत आउंँछ ? कुन पोजिसनमा हुन्छ ? मैले कता उम्मेदवारी दिने हो ? निर्णय हुन्छ । खास मेरो आकांक्षा जिल्ला सभापति हो’ उनी भन्छन् । पार्टीको संगठनलाई विस्तार र मजबुद बनाउन र जीवन्त बनाउन आफूले योगदान दिदै आएका उनी बताउँछन् । ‘म निष्ठावान, इमान्दार भएर होला , मेरो पक्षमा जनलहर छ। मैले पार्टीलाई तन, मन, धन सबै समपर्ण गर्दै आएको छु ।’
पार्टीलाई संस्थागत गर्दै गुटउपगुट अन्त्य गर्ने र आउंँदो निर्वाचनमा कांँग्रेसलाई बहुमतसहितको जित हासिल गराउने मुख्य एजेण्डा रहेको उनले बताए । ‘म आफू स्पष्ट वक्ता र सत्यको पक्षधर रहेकाले विपक्षी दलका नेता पनि आकर्षित छन’ उनी भन्छन् । पदभन्दा माथि उठेर आफूले पार्टीलाई निरन्तर योगदान गर्दै जाने उनले बताए । ‘म पार्टीको कुनै पदमा रहेपनि नरहेपनि पार्टीप्रतिको सक्रियता र आस्था कहिल्यै टुट्नेछैन । सक्रियतामा कुनै कमी आउने छैन । यो नेता कार्यकर्ताले मूल्यांकन गर्ने कुरा हो ’ उनको भनाइ छ ।
पाका नेता बुर्लाकोटी सभापतिका उमेद्वार
पाका नेता बुर्लाकोटी सभापतिका उमेद्वार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु