चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारलाई युद्धले नभई कलमले र विचारले क्रान्ति गर्ने बेला आएको बताउनु भएको छ ।
चितवनमा नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै जनमत निर्माणको लागि सबै जना यस विरुद्ध लाग्नु पर्ने बताउनु भएको हो ।
प्रतिक्रान्ति र प्रतिगमनको विरुद्धमा थप आक्रमक रुपमा लाग्नु पर्ने बेला आएका बताउनु भयो । आज आफूले पहिलो युद्ध जितिसकेको तर अर्झैपनि खतरा कायम रहेको उहांँले बताउनु भयो । ‘पहिलो ब्याटल त हामीले जितिसकेका छौं तर अझैपनि खतरा टरिसकेको छैन, उहांँले भन्नुभयो , प्रतिक्रान्ति र प्रतिगमनको विरुद्ध लाग्न नछाड्नुहोस । अब युद्धले होइन कलम र विचारले क्रान्ति गर्नुस ।’ अहिलेनै रिल्याक्स गर्ने बेला नआएको भन्दै उहांँले यसतर्फ पत्रकारिता क्षेत्र थप सक्रिय र आक्रोशित बन्नु पर्ने बताउनुभयो । आफ्नो पार्टी समाजवादको बाटो तर्फ अघि बढेको भन्दै उहांँले निरंकुश , मण्डले प्रवृत्तिलाई परास्त गर्नुपर्ने बेला आएको बताउनु भयो । ‘अहिले गठनबन्धन नटुट्ने भन्दै उहांँले भन्नुभयो , ‘संविधानको रक्षाको लागि, लोकतान्त्रिक गणतन्त्रको लागि र राष्ट्रको रक्षाको लागि गठबन्धन आबश्यक छ । गठबन्धन सफल हुन्छ ।’
आफ्नो स्वार्थको लागि नभई राष्ट्रको स्वार्थको लागि तात्कालिन समयमा नेकपा एकता गरेको भन्दै उहांँले अझै पनि सम्पूर्ण कम्युनिष्ट पार्टी एक हुनुपर्ने बेला आएको उनले बताउनु भयो । ‘अझैपनि नेकपा एकता हुनुपर्ने आबश्यक छ तर केही भिलेनहरु छन , उनीहरु बाहेक सम्पूर्ण कम्युनिष्टहरु एक हौं ।’
आफू केपी ओलीको सरकारको बेलामा भन्दा अहिले थप शक्तिशाली भएको उहांँले दाबी गर्नुभयो ।
‘अस्ति भएको कुम्भ मेला असफल भईसक्यो उहांँले भन्नुभयो , चितवन त प्रचण्डललाई मन पराउने मान्छे पनि आउंँछन। मन नपराउने मान्छे पनि एकपटक भएपनि आउंँछन ।’
उनले पत्रकारिताको सम्बन्धी बिधेयक ऐन, खारेज गर्न नदिइने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कुनैपनि संगठनको महाधिवेशन महत्वपूर्ण हुने भन्दै पत्रकारले सबै नागरिकलाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । नेपाली पत्रकारितामा श्रमको मुद्धा प्रमुख भएको भन्दै श्रमको सम्मान नगर्ने सञ्चारमाध्यम कमजोर हुंँदै जाने पोख्रेलले बताउनु भयो । अहिले सरकार परिवर्तन भएपनि पत्रकारले सरकार परिवर्तन भएको अनुभव गर्न नपाएको उहांँको भनाई थियो ।
अब युद्धले होइन कलमले र विचारले क्रान्ति गर्नुस : प्रचण्ड
अब युद्धले होइन कलमले र विचारले क्रान्ति गर्नुस : प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु