चितवन । चालु आर्थिक बर्ष ०७८, ७९ को साउन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले २२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो महिनामा दुईहजार ४४६ वटा सवारीसाधन कारवाहीबाट २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो ।
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल कम ट्याक्टर
कार्यालयले मंसीर महिनामा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गरेको छ । सो महिनामा ६४१ वटा मोटरसाइकलबाट ५ लाख ३२ हजार पांँचसय रुपैया राजश्व संकलन गरेको छ भने ११० वटा ट्याक्टर कारबाहीबाट १ लाख २ हजार रुपैंया राजश्व संकलन गरेको छ ।
यस्तै ४६६ वटा ट्रक ÷ट्रिपरबाट ५ लाख १९ हजार रुपैंया, ३४५ वटा बस माइक्रो कारबाहीबाट ३ लाख १९ हजार रुपैंया, ५७९ वटा जीप÷कार कारबाहीबाट ५ लाख ३६ हजार र टेम्पो तथा अन्य गरी ३२२ वटा सवारी गरी २ लाख ३६ हजार रुपैंया राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ । ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवान थापाले सवारीको किसिम , संख्या र गल्ती अनुसार राजश्व संकलन हुने बताउनु भयो । ट्राफिक प्रहरीले कारवाही गरेपनि चालकले बैंकमा गएर जरीवाना समयमै जरीवाना नबुझाउंँदा समयमै राजश्व संकलन दाखिला नहुने थापाको भनाई छ ।
सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु , ७४ जना घाईते
चालु आवकोे मंसीर महिनामा चितवनमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाईते भएका छन । दुर्घटनाका घाईतेमध्ये २४ जना गम्भिर घाईते भएका थिए भने २४ जना सामान्य घाईते भएका थिए ।
कार्यालयका अनुसार सो महिना दुर्घटनामा १० जना पुरुष र २ जना महिलाको मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट ५४ जना पुरुष , १७ जना महिला ,२ बालक र एक बालिका घाईते भएका थिए भने एउटा चौपायाको पनि मृत्यु भएको थियो । उक्त महिना ४७ वटा दुर्घटना भएकोमा ७३ वटा सवारी दुर्घटनामा संलग्न रहेको कार्यालयले जानकारी दिएको छ ।
प्रमुख थापाले पछिल्लो समय नारायणगढ मुग्लिनसडक खण्ड र शहरी सडकखण्डभन्दा भित्री सडक र लोकमार्गमा सवारी दुर्घटनासंँगै मानवीय क्षति हुने गरेको बताउनु भयो । उहांँका अनुसार भित्री सडकमा ट्राफिक प्रहरीको कम पहुँच, चालकको लापरवाही र सडकको संरचनाले गर्दा बढी दुर्घटना हुने र मृत्यु र घाइतेको संख्या पनि सोही अनुपातमा बढ्ने गरेको हो । ‘पहिला नारायणगढ सडकखण्ड र शहरी क्षेत्रमा बढी सवारी दुर्घटना हुने गथ्र्यो उहांँले भन्नुभयो, पछिल्लो समय भित्रि सडक र लोकमार्गमा बढी दुर्घटना भएको पाएका छौं ।’ चालकको लापरवाही , यान्त्रिक गढबढी, तीब्र गति, मापसे गरेर सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने भएका कारणपनि यस्ता सडकमा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको उहांँले बताउनु भयो ।