चितवन । महिला र बालबालिकाको लागि काम गर्दै आएकोे ईनरह्वील क्लव अफ नारायणीले चित्रसेन आधारभूत विद्यालय, भरतपूर १० मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाइ न्यानो माया स्वरुप स्वीटर र टोपी प्रदान गरेको छ। विपन्न विद्यार्थीलाई लक्षित गर्दै कठ्याङ्गग्रिदो जाडोमा विद्यालय आएर पठनपाठनमा सहभागी सहज होस भन्ने हेतुले उक्त सामाग्री सहयोग गरेको हो ।
प्रोजेक्ट न्यानो माया कार्यक्रम क्लव प्रेसिडेन्ट पुष्पा पौडेलको अध्यक्षतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भ एको थियो। वितरण कार्यक्रममा वडा नं १० का सदस्य नरीमाया तामाङ, चित्रसेन टोल सुधार समितिका अध्यक्ष श्यामा देवी लम्साल, सदस्य चिन्तामणि गौले, विद्यालय प्रधानाध्यापक प्रेमराज गौले, क्लव चार्टर प्रेसिडेन्ट विनिता भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमिला रानाभाट, भूतपूर्व अध्यक्ष कल्पना थपलिया ,क्लवका सदस्यहरु शोभना श्रेष्ठ, निर्मला अर्याल, निर्मला बानिया र बिनिता पण्डितको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको क्लव इडिटर सविता श्रेष्ठले जानकारी दिईन ।
इनरह्वील क्लव अफ नारायणीले दियो विद्यार्थीलाई न्यानो माया
इनरह्वील क्लव अफ नारायणीले दियो विद्यार्थीलाई न्यानो माया
![](https://www.satyatathyasamachar.com/wp-content/uploads/2021/12/innerwheel.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु