चितवन । विश्वकर्मा वचत तथा ऋण सहकारी संस्था लि (साकोस) को नवौं साधारणसभा सम्पन्न भएको छ । विश्वकर्मा साकोस ले आज नारायणगढमा आफ्नै कार्यालय परिसरमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा प्रमुख अतिथि साकोसका संस्थापक अध्यक्ष प्रेमकुमार विश्वकर्मा ,विशिष्ट अतिथिहरुमा डाक्टर यमबहादुर विक ,समाजसेवी रणेन्द्र बराली तथा अतिथिहरुमा ईश्वरलाल रामुदामु, चित्र बहादुर खाती , टेक बहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमकुमार विश्वकर्माले आजभन्दा ९ बर्ष अघि साना साना व्यवसायीलाई लक्षित गर्दै संस्था स्थापना गरिएको र आजका दिनसम्म आउंँदा संस्थाले उल्लेख्य प्रगति गरेकोमा आफू अत्यन्त खुशी भएको बताउनु भयो । शुरुवाती क्षणमा संस्था कठिन अवस्थामा गुज्रिनु परेको स्मरण गर्दै उहांँले हालका अध्यक्ष विपिन रामुदामुले संस्थाको विकास र विस्तारमा गरेको योगदान र भुमिकाको प्रशंसा गर्नुभयो । उहांँले आगामी दिनमा पनि संस्थाको थप सफलताको कामना समेत गर्नुभयो ।
विशिष्ट अतिथि संस्थाका निवर्तमान अध्यक्ष डाक्टर यम बहादुर विकले यस साधारण सभाले संस्थाको बार्षिक गतिविधिको समीक्षा र कमजोरी सच्याएर अघि बढ्न सुझाव दिनुभयो । उत्पीडन र विभेदमा परेको समुदायको उत्थान गर्न संस्था स्थापना गरिएको भन्दै डाक्टर विकले यस संस्थाले साना देखि ठूला व्यवसायलाई आत्मनिर्भर र स्थापित हुन सहज भएको बताउनु भयो । संस्थालाई यहांँसम्म ल्याई पुरयाउने कार्यसमिति शेयर सदस्यलाई प्रति कृतज्ञता व्यक्त गर्दै उहांँले सबैको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । संस्थाले जीवनवीमा योजना, ऋणीको विमा लगायतका कामहरु गरेर राहतको महसुस गराएको उहांँले बताउनु भयो ।
समाजसेवी रणेन्द्र बरालीले सहकारीको अवधारणानै सहकार्य र सहयात्रा रहेको भन्दै उहांँले मौलिकताको आधारमा चल्ने यस्ता संस्थालाई राज्यले सहुलियत र अनुदानका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका सल्लाहाकार चित्र बहादुर खातीले सुनचांँदी र विश्वकर्माको मिलेर संस्था निर्माण भएको भन्दै संस्थाले सदस्यता विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । उहांँले साधारण सभाको सफलताको कामना गर्नुभयो ।
सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष टेक बहादुर विश्वकर्माले संस्थालाई थप उचाईमा पुरयाउन सुनचांँदी र विश्वकर्मा मिलेर सदस्यता बृद्धिनै गर्नुपर्नेमा जोड दिनुभयो । सचिव रविन्द्र पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व विपिन रामुदामुले गर्नुभएको हो । हाल उक्त संस्थामा एक हजार भन्दा बढी सदस्य रहेका छन ।