चितवन । भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियाङका देवी सोही ठाउंँकी अतिम्मा देवी,पायल देवी,नितु देवीशिला देवी ,मञ्जु देवी र आरोही भारती रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकर संक्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडको फाईदा उठाई मेला महोत्सवमा आएका सर्वसाधारणले साथमा बोकेको नगद र लगाएका गरगहना चोरी गर्ने उदेश्यले नेपालमा आई चोरी गर्ने कार्यमा संलग्न भारतीय मुलका महिलाहरु पक्राउ परेका हुन् । उनीहरुले शनिबार मध्यान्ह १२ बजेको समयमा जिल्ला भरतपुर महानगरपालिका बडा नम्बर १० बस्ने बसन्त गिरी र सिता गिरी नारायणगढ स्थित शहिदचोकको फुटपाथको ठेलामासामान किन्ने क्रमम सिता गरीले बोकेको झोला भित्र रहेको ब्यागमा रहेको नगद ६ हजार, एटीएम कार्ड दुईथान र ९४ हजार मुल्य बराबरको २ थान सुनको औठी चोरी गरेको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
चोरी भएपछि तत्काल त्यहींँ वरिपरि रहेका ती महिलाहरुमाथि खानतलासी गर्दा उक्त चोरी भएको सामान फेला परेको हो । सोही गिरोहले शनिबारकै दिन भरतपुर महानगरपालिका वडा नम्बर ५ बस्ने मायादेवी श्रेष्ठको दुईलाख बराबरको सुनको सिक्री चोरी गरेको किटानी जाहेरीको आधारमा उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
गरगहना र नगद चोरी गर्ने भारतीय महिला गिरोह पक्राउ
गरगहना र नगद चोरी गर्ने भारतीय महिला गिरोह पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु