चितवन । सौर्य दैनिकको प्रेस कार्ड बोकेका गगन लाल तामाङ्ग र अर्की पविता घतानी नक्कली नोट सहित पक्राउ परेका छन ।
खैरहनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने घतानी र राप्ती नगरपालिका वडा नम्बर ७ का तामाङ्ग दशथान हजारका नक्कली नोटसहित दुईजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान सांँढे १० बजे भरतपुर महानगरपालिका वडा नं. ०३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले घतानीलाई पक्राउ गरी निजको साथबाट नक्कली जस्तो देखिने रू. १,०००÷– दरको नेपाली नोट १० (दश) थान फेला पारी बरामद गरेको हो ।
घटनामा संलग्न रहेका गगन बहादुर तामाङलाई समेत सोही दिन नियन्त्रणमा लिई तामाङ्ग बसेको होटलबाट ल्यापटप र मोबाईल समेत बरामद गरिएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनीहरु माथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट दिन ०५ (पाँच) दिनको म्याद थपेर अनुसन्धान कार्य भैरहेको अधिकारीले बताए ।