चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा ठूलो सुख्खा पहिरो गएपछि पन्छाउन थप केही घण्टा लाग्ने भएको छ ।
इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको थियो । पहिरो गएपछि बिहान ५ बजेदेखि चारवटा लोडरले पहिरो पन्छाउने कार्य भईरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । थापाका अनुसार पहिरो ठूलो भएको पन्छाउन थप २ देखि ३ घण्टा लाग्नेछ । कालीखोला यसअघि पनि पटक पटक पहिरो जाने स्थान हो । यो ठाउंँ मुग्लिनबाट नारायणगढतर्फ करीब चार किमीको दुरीमा
पर्दछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु