चितवन। पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड करीब ९ घण्टापछि सञ्चालनमा आएको छ । बिहान सांँढे २ बजे सुख्खा पहिरो खसेको उत्त सडकखण्डमा पहिरो पन्छाएपछि ११ बजेदेखि पुनः सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पांँच बजेदेखि चारवटा लोडरको सहायताले पहिरो पन्छाउन थालिएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु