चितवन । पछिल्लो समय ग्राहकको उत्कृष्ट रोजाई बन्दै गईरहेको टाटा मोटर्सको उत्पादनहरुको “टाटा मोटर्स एक्स्चेन्ज क्याम्प“ आजबाट चितवनमा सुरु भएको छ । यो एक्सचेन्ज सहित बिशेष अफर आज (माघ १० )गते देखि बुधबार माघ १२ गते सम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता “शेखर मोटर्स“ भरतपुर –१० रिजाल चोकमा एक्स्चेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ ।
यस एक्सचेन्ज क्याम्प मा ग्राहकले विशेष अफर प्राप्त गर्ने शेखर मोटर्सका प्रवन्ध निर्देशक शेखर धरेल ले जानकारी दिए । ‘हामीले ग्राहकलाई आकर्षक एक्स्चेन्ज बोनस प्रदान गरिरहेका छौं । स्पट भ्यालुएसन तथा अन द स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।’ उनले भने
एक्स्चेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त हुने उनले बताए ।
एक्स्चेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्स का नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोर, एनआरजी र सफारी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ पनि गर्न सक्नेछन ।
क्याम्पमा जुनसुकै ब्राण्ड तथा गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन प्राप्त हुने र टाटा कम्पनीका पुराना गाडी संँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस प्राप्त हुने उनले जानकारी दिए । पछिल्लो समय सर्वसुलभ फाईनान्स सुविधा , अत्याधुनिक प्रविधि, सहज र सहुलियत पार्टसपुर्जाको उपलब्धता र सही सर्भिसिङ्ग सेवा दिदै आएको यसका उत्पादनहरुमा ग्राहकको आकर्षण बढ्दै गएको छ ।
मध्यम स्तर देखि उच्च वर्गसम्मका ग्राहकलाई लक्षित गर्दै टाटा मोर्टर्सले विभिन्न मोडल र मुल्यमा टाटाका उत्पादनहरु विक्रि वितरण गर्दै आएको कम्पनीले जानकारी दिएको छ । एक्स्चेन्ज क्याम्प सिमित अवधिका लागि आयोजना गरिएकाले समयमै यसको फाइदा उठाउन कम्पनीले सम्पूर्ण ग्राहक बर्गलाई समेत अनुरोध गरेको छ । टाटा मोटर्सले देशभर यो एक्सचेन्ज क्याम्लाई निरन्तरता दिदै आएको छ ।